back
NMB ad

एसएलसी पास मुसहर विद्यार्थी सम्मानित

Kumari bank ad

जनकपुर । देश भरी यस वर्षको एसएलसी परक्षिामा उत्तीर्ण ९२ मुसहर विद्यार्थीलाई भोरद्वारा संयोजित शक्तिहिनको सशक्तिकरण : मुसहर समुदायको समग्र उत्थान अभियानले सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी पुर्व राष्ट्रपति डा. राम वरण यादवले जनकपुरधाममा सम्मान गरेका हुन् ।

उच्च शिक्षा अध्ययन गर्न सहयोग घोषणा कार्यक्रममा सम्मान गरिएको आयोजकले जनाएको छ । नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाको सभापतित्व, पूर्व राष्ट्रपति डा. राम वरण यादवको प्रमुखअतिथ्य, शिक्षाविद् भोगेन्द्र झा तथा रामभारोष कापडीको आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न थियो । कार्यक्रममा झापादेखि नवलपरासी सम्माका ३०० भन्दा बढी मुसहर विद्यार्थी तथा अभिभावकहरु सहित विभिन्न क्षेत्रका समाजसेवी तथा सरोकारवालाहरुको सहभागिता थियो ।

पुस्तौंदेखिको चरम गरिबीको चपेटामा रहेका मुसहर समुदाय अहिले पनि ३ प्रतिशतको हाराहारीमा मात्र शिक्षित रहेको तथ्यांकहरुले देखाउँछ । मुसहर समुदायको समग्र उत्थानको लागि र उनीहरुलाई शिक्षा हासिल गर्न प्रोत्साहन मिलोस भन्ने अभिप्रायले भोरले यस्तो सम्मान कार्यक्रम २०६९ साल देखि नै गर्दै आई रहेको छ ।

विद्यार्थीहरुलाई प्रोत्साहन पत्र, गमछा, माला र अबीर लगाएर सम्मान गरिएको थियो । भोरद्वारा २०६९ मा पहिलो पटक सम्मान गर्दा कुल ३ जना दोश्रो वर्ष ७ जना, तेश्रो वर्षमा ९ जना विद्यार्थीहरु सम्मानीत भएका थिए । विगतका वर्षहरुमा सम्मानीत भएका विद्यार्थीहरु भोरद्वारा संयोजित छात्रवृतीको सहयोगले उच्च शिक्षा हासिल गरिरहेका छन् ।

शिक्षाको उज्यालोबाट पुस्तौदेखि बन्चित मुसहर समुदायलाई अगामी ५ वर्ष भित्र पुर्ण शिक्षित पार्न र सम्पूर्ण बालबालिकाहरु र युवाहरुलाई विद्यालय र कलेजमा अध्यययन गराउन सहयोग गर्न भोरले रु. ५१,००० आफनो तर्फबाट योगदान गरी दीनाभद्री छात्रवृती कोषकोस्थापना गरेको भोरका अध्यक्ष राजकुमार महतोले जानकारी दिए गरे ।
१९ असार २०७३

वि.सं.२०७३ असार १९ आइतवार १९:२३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...