back
NMB ad

अर्बपति एक हजामको कथा : जो आज पनि ६५ रुपैयाँमा कपाल काट्छन् !

Kumari bank ad

जी. रमेश बाबु, एक त्यस्ता हजाम हुन् जसले सन् १९९४ मा आफ्नो व्यवसाय सुरु गरे र जोगाएर राखेको पैसाबाट एउटा मारुती भ्यान किने, अहिले उनी अर्बपति भएका छन्, उनीसँग अहिले २ सयवटा लक्जरियस कारहरु रहेका छन् । हामीले आज यहाँ तिनै रमेश बाबुको कथा प्रस्तुत गरेका छौं जो अझै पनि कपाल काट्ने काम गर्छन् ताकि उनले कुनै पनि दिन आफ्नो सुरुवात नबिर्सिउन् । प्रायः हरेक दिन उनी आफूले काम गर्ने ठाउँमा भारु तीन करोडभन्दा बढी पर्ने रोल्स रोयस गोस्ट चढेर आउने गर्छन् ।

यो एउटा प्रेरणादायी कथा हो जसले आजको जस्तो संघर्षको समयमा पनि आफ्नो मेहेनत, इमान्दारी र दूरदर्शिताले झुपडीबाट उडेर अर्बपतिमा आफ्नो नाम बनाउन सफल भए । मर्सिडिज, बीएमडब्लु, अडी, ५ देखि १० सिटका लक्जरी भ्यान मात्रै उनीसँग ७५ वटा छन् । उनका क्लाईन्स्हरु राजनीतिज्ञदेखि बलिउडका स्टारहरु सलमान खान, आमिर खान, ऐश्वर्या राय बच्चन आदि पर्दछन् । उनी आफ्नो कारहरु पनि भाडामा लगाउँछन्, उनका कारहरु थोरैमा भारु १ हजारदेखि भारु ५० हजारसम्म दैनिक भाडामा जाने गर्छन् ।

त्यसो त उनको जिन्दगी यसरी नै सुख सयलबाट सुरु भएको छैन । उनले पनि आफ्नो जिन्दगीमा आफ्नो भागको दुःख भोगेका छन् । उनी मात्र ७ वर्षका थिए, जब उनका पिता पी. गोपाल जो पेशाले हजाम नै थिए, उनको निधन भयो । उनले त्यही एउटा कपाल काट्ने पसल छाडेर गएका थिए । उनका पितालाई के थाहा, उनले ७ वर्षको नहुँदै अथान छाडेर गएका उनका छोरा ४० वर्ष नपुग्दै अर्बपति बन्छन् भन्ने ।

श्रीमान्को निधनपछि उनकी आमाले अर्काको घरमा भान्छेको रुपमा काम गरिन्, आफ्नो छोराछोरीको शिक्षादिक्षाका लागि उनले यस्तो कदम चालेकी थिइन् । उनी आफैले हजाम काम गर्न सक्दिनथिइन्, त्यसैले उनले दैनिक भारु ५ मा त्यो पसल भाडामा दिएकी थिइन् । त्यो समयमा हामी एक छाक मात्र खाना खाने गथ्र्यौ, रमेश बाबु आफ्नो बाल्यकाल सम्झन्छन् ।

जब उनी अलि बुझ्ने हुँदै गए, तब उनलाई जिम्मेवारीबोध हुन थाल्यो । उनी अझै पढुँ या घरव्यवहार चलाउनका लागि आमालाई सघाउ भन्ने दोधारमा पर्न थाले । तर उनको आमाको करबलले नै उनले अध्ययनलाई निरन्तरता दिए र डिप्लोमासम्म अध्ययन गरे । त्यतिबेलासम्म उनीहरुको त्यो हजाम पसल अत्यन्त न्यून मूल्यमा भाडामा नै दिइएको थियो । त्यसपछि सन् १९८९मा उनले त्यो पसल आफै चलाउने विचार गरे, त्यो उनको हजुरबुवाले स्थापना गरेको पसल थियो ।

पसलमा काम गर्दै गर्दा उनले सधैं आफ्नो एउटा कार होस् भन्ने सपना देख्थे । त्यसपछि उनले आफ्नो केही पैसा बचत गरेर र केही ऋणमा लिएर मारुती ओम्नी किने । त्यसपछि त्यसलाई भाडामा दिन थाले । त्यो उनको एउटा उपाय थियो, जसले गर्दा कार पनि होस् र कार किन्दा लागेको ऋण पनि तिर्न सकियोस्, तर त्यो एउटा उपाय कार भाडामा दिने सफल व्यवसायमा परिणत भयो ।

सन् २००४ मा भारत सरकारले पर्यटन क्षेत्रलाई खुला गरेपछि रमेश बाबुले कार भाडामा लगाउने र भाडामा आफै चलाउने व्यवसायको सुरुवात गरे । त्यसपछि उनले खोलेको कम्पनी रमेश टुर्स एण्ड ट्राभल्सले कहिल्यै फर्किएर हेर्नु परेन । ‘मैले आफ्नो कारहरु साना लोकल कम्पनीहरुलाई भाडामा दिन सुरु गरें, यो व्यवसाय राम्रो चल्यो । त्यसपछि मैले ठूलो कदम चालें र ई क्लास मर्सिडिज किनें । त्यतिबेला त्यस्तो कुनै ट्याक्सी भाडामा दिने कम्पनी थिएन, जसले लग्जरी करहरु भाडामा दिओस्’ उनी सम्झन्छन् ।

त्यस समयदेखि रमेश बाबु कहिल्यै रोकिएनन्, बलिउडका हस्तीहरुदेखि राजनीज्ञहरुले समेत उनको गाडी भाडामा लिएर चलाउन थाले । उनी अमिताभ बच्चन, शाहरुख खान लगायतले उनको गाडी भाडामा लिएर चलाएको बताउँछन् ।

रमेश बाबु अहिले अर्बपति बनिसकेका छन् तर पनि उनी अझै आफ्नो कपाल काट्ने पसलमा जान्छन् र कपाल काट्छन् । उनी हरेक बिहान ६ बजे आप्mनो ग्यारेजमा जान्छन्, त्यसपछि १०.३० मा अफिसमा पुग्छन् र साँझ ५.३० मा उनी सैलुनमा जाने गर्छन् । ‘अझै पनि मेरा त्यस्ता क्लाइन्टहरु छन् जो विशेष गरी मेरै हातबाट कपाल काट्न रुचाउँछन्, उनीहरु कोलकाता र मुम्बईका छन्’ उनी भन्छन् ।

रमेशले आफ्नो दुई छोरी र एक छोरालाई पनि कपाल काट्ने सीप सिकाएका छन् । उनी परिवारसँग कतै घुम्न गएको र चाडपर्वको बेला बाहेक कहिल्यै पनि बिदामा बस्ने या आराम गर्ने गर्दैनन् । उनलाई लाग्छ काम भनेको पूजा हो, कामबाट नै रोजी रोटी आउँछ ।

आज पनि, अर्बपति बनिसकेको अवस्थामा पनि उनले आफ्नो अस्तित्व र आफ्नो विगतलाई बिर्सिएका छैनन् । उनी आफ्नो रेगुलर कस्टमरलाई जम्म भारु ६५ मा कपाल काटिदिन्छन् । रमेश बाबु आफ्नो सफलताको श्रेय आफूलाई जे राम्रो लाग्यो त्यो गर्नुलाई नै दिन्छन् । ‘मैले जे गरें, मैले त्यो राम्रोसँग गरें, त्यति नै हो’ उनी मुस्कानका साथ जवाफ दिन्छन् ।

 

– प्रस्तुति इरादा पहाडी, एजेन्सीको सहयोगमा

२० असार २०७३, ४।००

 

वि.सं.२०७३ असार २० सोमवार १९:४५ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...