back
NMB ad

मन्दिरमा भेटियो ७ टन सुन र ३० टन चाँदी

Kumari bank ad

काठमाण्डौं ।  दुनियाँकै सबैभन्दा धनी मन्दिरको रुपमा रहेको भारतको तिरुपति मन्दिरमा ६ टन सुन, ३० टन चाँदी र १ टन बहुमुल्य पत्थर रहेको छ । यो मन्दिर दुनियाकै बढि सुनचाँदी भएको मन्दिर हो । यो मन्दिरलाई स्वर्ण मन्दिर पनि भनिन्छ ।

यो मन्दिरको ढुकुटीमा ७ टन सुन रहेको छ र दिनहुँ श्रद्धालुले चढाउने सुनका कारण मन्दिरमा सुनको मात्रा बढिरहेको छ । मन्दिरमा ३० टन चाँदी तथा १ टन बहुमुल्य पत्थर समेत रहेको छ ।

मन्दिरमा करोडौँ मूल्यको सुनचाँदी थुप्रिएपछि तिरुपति मन्दिरले थुप्रिएको सुन सरकारलाई बुझाउने योजनामा भाग लिएको छ । जस अनुसार सरकारलाई दिने सुनबाट मन्दिरलाई ब्याज आउनेछ ।

मन्दिर व्यवस्थापनले पन्जाब नेसनल बैंकमा १.३ टन सुन जम्मा गरेको छ । स्टेटै बैंकमा रहेको थप एक टन सुनलाई पनि मन्दिरले पन्जाब बैंकमा सार्दैछ ।

त्यस्तै मन्दिरको अरु डेढ टन सुन इन्डियन ओभरसिज बैंकमा राखिएको छ । तिरुपति मन्दिरले सरकारको सुन जम्मा गर्ने योजना जिडिएस अन्तरगत ४ टन सुन सम्मा गरिसकेको छ र यस बापत हरेक वर्ष ब्याज स्वरुप ८० किलो सुन आर्जन गर्दछ ।

एक तथ्यांक अनुसार भारत सरकारसँग ५ सय ५७ दशमलब ८ टन सुन रहेको छ । आम भारतीयहरुसँग निजी सम्पत्तिको रुपमा २२ हजार टन सुन रहेको छ ।

प्रकाशितः २०७३ असार २१

वि.सं.२०७३ असार २१ मंगलवार १३:५८ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...