काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसंग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले जनाए अनुसार उक्त खेल आगामी जुलाई १५ र १७ मा खेल हुने छ । दुवै खेल बंगलादेशमा हुने बताएपनि स्थान भने तय भएको छैन ।
नेपालले यसै वर्ष खेल्न लागेको यो तेस्रो मैत्रीपूर्ण खेल हो । यस अघि नेपालले मलेशियाको अन्डर २२ र लाओसको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो । दुवै खेल १ १ को बराबरीमा टुङ्गिएको थियो ।
एएफसी सोलिडारिटी कप हुनु अघि टोलीलाई सकेसम्म धेरै खेल खेलाउन आफु प्रतिबद्ध रहेको एन्फाले जनाएको छ । एएफसी सोलिडारिटी कप नोभेम्बर २ देखि १५ सम्म हुदै छ । उक्त प्रतियोगितामा नेपालसँगै पाकिस्तान, श्रीलंका, ब्रुनाई, मकाउ, मंगोलिया रहेका छन् ।
प्रकाशितः २०७३ असार २१
वि.सं.२०७३ असार २१ मंगलवार १६:४४ मा प्रकाशित