back
NMB ad

कृषि बिमाका बारेमा किसानलाई छैन जानकारी, थन्कियो १० करोड !

Kumari bank ad

काठमाण्डौं । राजधानीमा रहेका अधिकांश किसानलार्इ कृषि बीमा बारेमा जानकारी नै छैन। सरकारले बजेटमार्फत् तामझाम गरेर ल्याएको योजना राजधानीकै किसानले समेत पाउन सकेका छैनन्। सरकारी तथ्यांकले समेत कृषि बीमा ुफ्लपु योजना भित्रै पर्छ।

चालु आर्थिक वर्षको बजेटमा कृषि बीमाका लागि १२ करोड रुपैयाँ विनियोजन गरियो तर खर्च भने मात्रै दुर्इ करोड। आवश्यक प्रचार नहुँदा किसानले बीमाको बारेमा जानकारी पाएका छैनन् बीमा हुन सकेको छैन।

ताप्लेजुङकी संगीता श्रेष्ठले कीर्तिपुरमा तरकारी खेती गर्न थालेको १० वर्ष भयो। तरकारीसँगै उनले गाई समेत पालेकी छिन्। कहिले तरकारीमा किरा लागेर सखाप हुन्छ त कहिले गाई विरामी परेर ठूलो क्षति ब्योहोर्छिन् उनी । तरकारी खेती र गाई पालेर घर खर्च मात्रै चलेको छ। तरकारी खेतीबाट मुनाफा गरेर बचत गर्न भने संगीताले सकेकी छैनन्। विभिन्न प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि गरिने कृषि बीमाको बारेमा सामान्य जानकारीधरी उनलाई छैन। सरकारले बाली बीमाको योजना ल्याएको बजेट आउँदा अर्थमन्त्रीहरुले पढेको मात्रै सुनेकी छिन्।

तर त्यो बीमा कसरी लिने र कहाँ पाइन्छ भन्ने जानकारी संगीतालाई छैन। कीर्तिपुरकै अमृत महर्जनले विगत चार वर्षदेखि तरकारी खेती र पशुपालन गर्दै आएका छन्। उनको समस्या पनि संगीताको जस्तै छ। कुनै वर्ष तरकारी खेतीबाट राम्रो हुन लाग्यो भने किराको प्रकोपले सखाप बनाइदिन्छ। राजधानीका स‌गीता र अमृत प्रतिनिधि पात्र मात्रै हुन्।

कृषि विभागका वरिष्ठ कृषि प्रसार अधिकृत तथा बाली तथा पशुपन्छी बीमा कार्यक्रमका संयोजक शिवसुन्दर घिमिरे भन्छन्, ‘कुनै पनि प्रकारका प्राकृतिक वा मौसमी समस्याका कारण किसानले कृषिजन्य कार्य गर्दा गरेको लगानी खेर जाने अवस्थामा लगानी सुरक्षित गर्ने उपाए हो कृषि बीमा ।’

कृषि बीमा गर्दा किसानहरुको लगानीको जोखिम कम हुन्छ। कृषि बीमाका लागि तराईमा न्यूनतम १ कठ्ठा र पहाडमा आधा रोपनी जग्गामा पशुपन्छी पालन तथा खेती गरेको हुनुपर्छ।

घिमिरे भन्छन्, ‘पशुपन्छी तथा बाली बीमा कार्यक्रम २०६९ साल माघ १ गते देखि लागु भएको हो। सुरुमा बीमा शुल्कको ५० प्रतिशत सरकारले र ५० प्रतिशत किसानले तिर्नु पर्थ्यो। कृषि बीमामा किसानको आर्कषण वा प्रचार प्रसार नभएर यो वर्ष छुट्याएको १२ करोड रुपैयाँमा २ करोड पनि खर्च भएन। बीमाको ७५ प्रतिशत प्रिमियम सरकारले र २५ प्रतिशत किसानले तिर्नुपर्छ।’

यो वर्ष हामीले कृषि प्राविधिकलाई नै बीमा अभिकर्ता तालिम दिएर ११ जिल्लामा पठाएपछि भने केही सुधार भएको छ। पहिले ९० प्रतिशत पशुपन्छी र १० प्रतिशत बाली बीमा हुने गरेकोमा अहिले ८५ प्रतिशत पशुपन्छी र १५ प्रतिशत बाली बीमा भएको छ।

कृषि बीमा गर्न १७ वटा कम्पनीले अनुमति लिएका छन्। ती मध्ये आफूलाई पायक पर्ने कुनै पनि कम्पनीका अभिकर्ता वा सिधै कम्पनीको कार्यालयमा गइ आफूले गरेको कृषि कार्य र लागत खर्च उल्लेख गरि फाराम बुझाउनु पर्छ। उक्त कम्पनीले पठाएको प्राविधिक टोलीको रिपोर्ट आइसकेपछि अभिकर्ताले किसानको पशुपन्छी तथा बाली बीमा गरिदिन्छन्।

बीमा गर्न मूल्याङ्कनको ५ प्रतिशत मात्रै बीमा शुल्क लाग्छ। तपाईँले १ कठ्ठामा तरकारी खेती गर्न २० हजार लगानी गरे त्यसको ५ प्रतिशत भनेको १ हजार रुपैयाँ बीमा शुल्क लाग्छ। त्यो मध्ये ७५ प्रतिशत शुल्क सरकारले तिरिदिन्छ।

१ हजारको ७५ प्रतिशतले ७५० रुपैयाँ सरकारले तिर्दा किसानले २५० रुपैयाँ मात्र तिर्नु पर्छ। तपाईँको बाली नलागेमा वा अन्य कुनै समस्या आइपरेमा बीमा कम्पनीले तपाईँलाई क्षति हेरेर १८ हजारसम्म भुक्तानी दिन्छ।

२२ असार २०७३, ११।००, पहिलोपोष्ट

वि.सं.२०७३ असार २२ बुधवार १३:१७ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...