
काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको भेन्टिलेटर केहीबेर अघि झिकिएको छ।बुधबारबाट उपचारका लागि ओम अस्पतालमा भर्ना भएका उनलाई हिजो अवस्था गम्भीर भएको भन्दै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
शशांकको अवस्थाका बारेमा अहिले केही बेरमै डाक्टरहरुको टोलीले पत्रकार सम्मेलन मार्फत् जानकारी दिने भएकोछ । शशांकका भतिजा सिद्धार्थ कोइरालाका अनुसार अहिले केही बेर अघि डाक्टरहरूले उनी खतरामुक्त भएको पनि बताएका छन्।
२३ असार २०७३, ३।००
वि.सं.२०७३ असार २३ बिहीवार १५:३२ मा प्रकाशित