back
Kumari Bank

अंग्रेजी, गणित र विज्ञानमा डी प्लस ल्याउनेले पनि सिटिइभिटीमा पढ्न पाउने !

Nepal Bank

काठमाण्डौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले एसएलसी उत्तीर्ण विद्यार्थीलाई प्राविधिक विषयमा भर्ना हुन मापदण्ड परिवर्तन गरेको छ ।

सिटिइभिटी राष्ट्रिय पाठ्यक्रम बोर्डको आज बसेको बैठकले भर्ना मापदण्ड परिवर्तन गरीे प्राविधिक विषयको डिप्लोमा कोर्समा भर्ना हुन यसअघि तोकेको मापदण्ड परिवर्तन गरेको हो ।

सिटिइभिटीले एसएलसीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयमा ‘डी प्लस’ ल्याउने विद्यार्थीले समेत डिप्लोमा कोर्समा भर्ना हुन पाउने व्यवस्था गरेको सिटिइभिटीका सदस्य–सचिव डा रामहरि लामिछानेले जानकारी दिए ।

यसअघि डिप्लोमा तहको सबै विषय अध्ययनका लागि अङ्ग्रेजी, गणित र विज्ञान विषयमा ‘सी ग्रेड’ ल्याएको हुनुपर्ने व्यवस्था गरेकामा अहिले यो परिवर्तन गरेको हो । सिटिइभिटीले स्वास्थ्य विषयको डिप्लोमा कोर्सका लागि जिपिए कम्तीमा दुई, अङ्ग्रेजी, गणित र विज्ञानमा ‘सी’ ल्याएको हुनुपर्ने व्यवस्था भने यथावत् राखेको छ ।

इन्जिनियरिङतर्फ डिप्लोमा पढ्न अङ्ग्रेजीमा ‘डी प्लस’, विज्ञान र गणितमा ‘सी’ भए पुग्ने आजको बैठकले निर्णय गरेको लामिछानेले जानकारी दिए ।

कृषि र वनमा डिप्लोमा कोर्स पढ्नको लागि अङ्ग्रेजी, गणित र विज्ञानमध्ये दुई वटामा ‘सी’ र एउटामा ‘डी प्लस’ भए पनि भर्ना हुन पाउने र होटल म्यानेजमेन्ट, उद्यमशीलता विकास र सोसल वर्कजस्ता विषयमा डिप्लोमा कोर्सका लागि अङ्ग्रेजी, गणित र विज्ञानमा ‘डी प्लस’ भए पनि भर्ना पाइने व्यवस्था गरेको सदस्य–सचिव लामिछानेले जानकारी दिए ।

२४ असार २०७३, ११।४५

वि.सं.२०७३ असार २४ शुक्रवार १२:३३ मा प्रकाशित

You can share this post!

यूनाइटेड अजोड इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश पारित गर्ने

यूनाइटेड अजोड इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश पारित गर्ने

वि.सं.२०८२ असार ९ सोमवार ११:२१

काठमाडौं : यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

वर्षाले सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध   

वर्षाले सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध   

वि.सं.२०८२ असार ९ सोमवार ११:१७

गोरखा  : सहिद लखन गाउँपालिका–७ स्थित ढुङ्गागाढे भञ्ज्याङ नजिकै सडक...

वीरगञ्ज नाकाबाट ५९ हजारभन्दा बढी इन्धन सवारी भित्रिए, १७ अर्बभन्दा बढी राजस्व संकलन

वीरगञ्ज नाकाबाट ५९ हजारभन्दा बढी इन्धन सवारी भित्रिए, १७ अर्बभन्दा बढी राजस्व संकलन

वि.सं.२०८२ असार ९ सोमवार ११:१२

वीरगञ्ज (पर्सा) : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११...

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु   

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु   

वि.सं.२०८२ असार ९ सोमवार ११:०७

म्याग्दी  : रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट...

दरमखोला हाइड्रो इनर्जीको आईपीओ आजदेखि खुला, क-कसले दिने आवेदन ?

दरमखोला हाइड्रो इनर्जीको आईपीओ आजदेखि खुला, क-कसले दिने आवेदन ?

वि.सं.२०८२ असार ९ सोमवार ११:००

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज असार ९ गतेदेखि...

प्रभु इन्स्योरेन्सद्वारा लाभांश घोषणा,बोनस र नगद कति ?

प्रभु इन्स्योरेन्सद्वारा लाभांश घोषणा,बोनस र नगद कति ?

वि.सं.२०८२ असार ९ सोमवार १०:५४

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...