भक्तपुर । आपूर्ति मन्त्री गणेशमान पुनले सरकारले कुनै चलचित्रको हिरो जस्तो देखावटी अनुगमन नगरेको बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले विभिन्न क्षेत्रबाट कालोबजारीको संरक्षण गरेको र त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेकाले कालोबजारी नियन्त्रण गरि उपभोक्तालाई गुणस्तरीयका साथै वास्तबिक मूल्यमा बस्तु उपलब्ध गराउन अनुगमन थालिएकाले यो कुनै क्षणिक र देखावटी नभएको बताएका हुन् ।
मन्त्री पुनले आफ्नो कार्याकालबाट शुरु गरिएको बजार अनुगमनलाई यो आर्थिक बर्षबाट सरकाले नै निरन्तरता दिएर गुणस्तरिय बस्तुको उपलब्धतामा जोड दिने बताए । उनले कालिमाटिमा अनुगमन टोली माथि भएको ब्यवहार नेपाली उपभोक्ताका लागि अपाच्य रहेको भन्दै अनुगन अघि सुचना चुहावट गर्ने कर्मचारीलाई कारवाही गर्ने बताए ।
सरकार परिवर्तनका सवालमा उनले राजनीतिमा कति बेला के हुन्छ भन्न नसकिने भन्दै मधेश लगायतका अन्य वास्तविक मागहरु पुरा गर्न संबिधान संशोधन गर्दै समस्या सुल्झाउन सहमतिको सरकारको आवश्यकता रहेको बताए । सो क्रममा उनले वर्तमान समयमा सबैभन्दा महत्वपूर्ण बिषय संबिधानको सफल कार्यान्वयन रहेकाले सबैको ध्यान यता जानु पर्नेमा समेत जोड दिए ।
सरकारले जुन गतिमा काम गर्नु पर्ने हो त्यसो हुन नसकेको स्विकार गर्दै मन्त्री पुनले पुनर्निर्माण र संविधान कार्यान्वयन प्रक्रियामा सरकार झण्डै असफल रहेको टिप्पणी गरेका थिए ।
इन्धनको अभाव पुरा गर्न आफू मन्त्री मण्डलमा आएपछि सक्दो प्रयास गरिरहेको र छिट्टै इन्धनको सहज उपलब्धता हुने भन्दै उहाँले हाल इन्धनमा कालोबजारी नभएको बताए । चीनसँगको इन्धन सम्झौता पश्चात नेपाली राजनीतिमा छुट्टै तरगं उत्पन्न भएको र सम्झौताले अन्तिम रुप लिइ सकेकाले अब छिट्टै चीनियाँ इन्धनको समते नेपालीले उपभोग गर्न पाउने पनि उनले बताए ।
बिगतमा भारतसँगको ब्यापार सम्झौतामा देखिएको तिक्ततालाई नयाँ शिराबाट सम्बन्ध बिस्तार गर्दै जानु पर्ने र ब्यापारिक सम्झौताका आधारमा सम्बन्धलाई बिस्तार गर्दै जानु पर्ने उनको भनाई थियो । साथै, सरकारले तोकिएको समयमा गर्ने भनेको निर्वाचनका सवालमा बिभिन्न प्रश्नहरु उठिरहेकाले समस्याको पहिचान गरि समाधानको उपाय खोज्दै बैज्ञानिक पद्धती अनुसार चुनावमा जानु पर्ने उनी भन्छन् ।
नेपाली राजनीतिक गतिबिधिकै कारण समय समयमा बैदेशिक हस्तक्षेप बढ्ने गरेको हस्तक्षेप न्यून गर्न नेपालका राजनीतिक दलहरु समन्वय अत्याआवश्यक रहेको मन्त्री पुनले बताए ।
२४ असार २०७३, १।१५
वि.सं.२०७३ असार २४ शुक्रवार १४:३० मा प्रकाशित