
डोल्पा । यार्सागुम्बा पछिको डोल्पाको चिनारी डोल्पाली स्याउ यस वर्ष तुलनात्मक रुपमा कम फल्यो ।
कर्णालीमै स्वादिष्ट स्याउ फल्ने डोल्पाका बस्तीमा लगाइएका रुख कतिपय खाली देखिन्छन् । फले पनि गत वर्षभन्दा पातलो फलेको स्याउ कृषकले बताए ।
स्याउ उत्पादन भए पनि बजारको अभावमा घरमै थन्किने डोल्पाली स्याउ यस वर्ष उत्पादनमा गिरावट आउने कृषि विकास कार्यालय डोल्पाले जनाएको छ ।
स्याउ फुल्ने समयमा खडेरीका साथै हावाहुरीले गर्दा केही झारेको केही फूल नै सुकेकाले स्याउ उत्पादनमा गिरावट आउने सङ्केत देखिएको कार्यालयले जनाएको छ ।
गत वर्ष ८०० मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष ५०० मेट्रिक टनमात्र उत्पादन हुने अनुमान गरिएको छ ।
प्रकाशितः २०७३ असार २५
वि.सं.२०७३ असार २५ शनिवार ११:३२ मा प्रकाशित