back
NMB ad

अब भक्तपुरमै फल्ने भो रुद्राक्ष र बुद्धचित्त !

Kumari bank ad

भक्तपुर । भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका वडा नं. १३ स्थित रानीकोटा भालु भ्याज्याङ्मा बुद्धचित्त र रुद्राक्ष बिरुवाको बृक्षारोपण गरिएको छ । उक्त बिरुवाहरु लोपोन्मूख अवस्थामा पुगेको र संरक्षणका लागि स्थानीयले शनिवार बृक्षारोपण गरेका हुन् ।
सानुथुम्को रानीकोट सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा करिब एक सय जना स्थानीयहरुको सहभागितामा एक हजार बिरुवा बृक्षरोपण गरिएको हो । उक्त बिरुवाका साथै अमला, तेजपात, अलैची, किम्बु लगायतका महत्वपूर्ण बिरुवाहरुको बृक्षरोपण गरिएको हो ।
सानुथुम्को रानीकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सबिना तामाङले गत चैत र बैशाखमा उक्त क्षेत्रमा डडेलोले वन सखाप भएपछि वनलाई पहिलैकै अवस्थामा पु¥याउनका लागि स्थानीयहरुको सक्रियतामा बृक्षरोपण गरिएको बताउनुभयो । बृक्षारोपणका लागि रुद्राक्ष र बुद्धचित्त बाहेका बिरुवा भक्तपुर जिल्ला वन कार्यालयले उपलब्ध गराएको थियो । बुद्धचित्त र रुद्राक्षको बिरुवा भने काभ्रेको तिमालबाट ल्याइएको हो ।
अध्यक्ष तामाङ्गका अनुसार यस क्षेत्रमा जैबिक विविधता कायम राख्न, लोपोन्मुख जनावर, बाघ, मृग, सालक, कालीज, तित्रा, खरायो दुम्सी बधेल लगायतका जंगली जनावरहरुको संरक्षणका लागि बृक्षरोपण गरिएको हो । साथै २०७२ वैशाखामा गएको भूकम्पले पानीको मुहान सुकेको र पुन पानीका मुहान संक्षणका लागि बृक्षरोपण गरिएको उहाँले बताउनुभयो ।
सानुथुम्को रानीकोट सामुदायिक वन उपभोक्ता समूहका सचिव चित्रबहादुर लामा यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि लोपोन्मुख प्रजातिको बृक्षारोपण गरिएको बताउनुहुन्छ ।
सूर्यविनायकबाट करिब ८ किलोमिटर दक्षिण भेगमा अवस्थित उक्त स्थानसँगै रानीकोट गढी, बाघभैरब, राष्ट्रिय प्राणी उद्यन, चुच्चेढुङ्गा, पोखरी थुम्का, ध्याम्पे डाँडाँ पाइलटबाबा आश्रम, लगायतका महत्वपूर्ण पर्यटकीय स्थान रहेका छन ।
रानीकोट गढी पर्यटकीय उपभोक्ता समितिका अध्यक्ष लालबहादुर लामाले पछिल्लो समयमा यस क्षेत्र पर्यटकीय गनतव्यको रुपमा विकास हुँदै गएकाले वन संरक्षणका लागि बृक्षारोपण गरिएको जानकारी दिनुभयो । बृक्षारोपण गरिएको उक्त भालु भ्याज्याङ्बाट उपत्यकका लगायत काभ्रेका कतिपय स्थान स्पष्टरुपमा देख्न सकिन्छ । सोही स्थानको करिब दुई किलोमिटर उत्तरपूर्वमा डोलेश्वर महादेव –केदारनाथको शिर) दक्षिण पश्चिमा अनन्तलिङ्गेश्वर महादेवम मन्दिर, पश्चियमा सूर्यविनायक गणेश मन्दिर दक्षिणमा फूलचोकी मन्दिर अवस्थित छ ।
उक्त स्थानमा काफल, अ‍ैसेलु, चुत्रो, किम्बु, पानी अमला, धसिङ्घरे लगायतका प्राकृृति फल तथा जडिवुटि पाइन्छ । असार २५ गते

वि.सं.२०७३ असार २५ शनिवार १३:५९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...