back
NMB ad

बजार अनुगमन नगर्ने कर्मचारीलाई पनि कारवाही हुनेः आपूर्तिमन्त्री

Kumari bank ad

काठमाडौ । आपूर्ति मन्त्री गणेशमान पुनले देशै भरी बजार अनुगमन कार्यलाई तिब्रता दिने घोषणा गर्दै बजार अनुगमन नगर्ने कर्मचारी माथि समेत कारवाहीमा पर्ने चेतावनी दिएका छन् ।

राजधानीमा शनिबार आयोजित एक साक्षात्कारमा ‘राजधानीमा चलाईएको साताब्यापी विशेष बजार अनुगमनको क्रममा गुणस्तर हिन र अखाद्य बस्तु विक्री वितरण भईरहेको फेला परेकोले मन्त्रायले अब जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन समितिलाई सक्रिय बनाएर देशै भरी एकैपटक अनुगमन कार्य सुरु गर्ने उनले बताए । यसक्रममा गैरकानूनी काम गर्नेलाई पनि कडा कारवाही गर्ने चेतावनी दिए ।

मन्त्री पुनले आगामि आर्थिक बर्षबाट उपभोक्ता हित संरक्षणका प्रतिनिधि र बजार अनुगमन अभियान थाल्ने स्पष्ट पार्दै मन्त्रालय अहिले कारवाहीमा देखिएको फितलो कानून र अन्तर मन्त्रालय समन्वयमा देखिएको समस्या हल गरेर एकीकृत अनुगमन अभियान थाल्ने योजनामा सक्रिय रहेको जानकारी दिएका छन् ।

राजधानीमा एक साता सम्म गरिएको अनुगमन अभियान पछि पनि त्यसको पुनः निरिक्षण गरेर उपयूक्त बातावरण तयार नगरेसम्म सञ्चालन गर्न नदिने चेतावनी दिएका छन् ।

मन्त्री पुनले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास सामान्य अवस्था भन्दा बढी आयात गरिएकोले समान्य भईसकेको भन्दै राजधानीमा तत्काल देखिएको अभाव विदाको दिनमा पनि वितरण गर्ने ब्यवस्था मिलाएर सहज बनाउन लागिएको बताए ।
अब पेट्रोलियम पदार्थको कृत्तिम अभावको विषयमा पनि अनुगमन सुरु गर्ने उनको भनाई थियो ।

कार्यक्रममा एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष विष्णु प्रसाद धितालले ब्यापारीहरुलाई पूर्व जानकारी दिएर बजार अनुगमन नाटक गरेर मन्त्रीले चर्चा मात्रै कमाउने योजना बनाएको आरोप लगाउँदै यस खाले बजार अनुगमनले उपलब्धि हासिल नहुने ठोकुवा गरे ।

प्रकाशित मिति ः २०७३ असार २५

वि.सं.२०७३ असार २५ शनिवार १४:३५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...