back
NMB ad

आव २०५७/५८ पछि पहिलोपटक असारमै विनियोजन विधेयक पारित

Kumari bank ad

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु हुनु अगावै संसद्को बैठकले विनियोजन विधेयक लाई बहुमतले पारित गरेको छ । संसद्ले आगामी आर्थिक वर्ष २०७३/७४ का लागि सरकारले पेस गरेको विनियोजन विधेयक शनिबार पारित गरेको हो ।

उक्त प्रस्ताव पारित गरियोस् भनी अर्थमन्त्री विष्णु पौडेलले सदनमा पेस गरेका थिए । त्यसअघि सदनले विनियोजन विधेयक, २०७३ का विभिन्न दफालाई पारित गरेको थियो ।
बजेट पूर्णरूपमा पारित हुनका लागि आवश्यक पर्ने अर्थ विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि यसै सातासम्ममा पारित हुने छ ।

पारित विनियोजन विधेयकले सरकारलाई खर्च गर्ने अधिकार दिएकाले राजनीतिक रुपमा यसलाई बजेट नै पारित भएको रूपमा बुझ्न सकिनेछ । अर्थात् विनियोजन विधेयक पारित भएपछि आगामी आर्थिक वर्ष लागे लगतै रकम खर्च गर्न सरकारलाई बाटो खुला भएको छ ।

यसअघि तत्कालीन अर्थमन्त्री महेश आचार्यको पालामा २०५७/५८ मा असार मसान्तमै बजेट पास भएको थियो ।

यसअघि सांसद रामशरण महत, प्रेम सुवाल र जनकराज जोशीले मुलुकभित्रै आवश्यक पुँजी मौज्दात रहेको अवस्थामा किन थप ऋण लिनुप¥यो भन्दै प्रश्न गरेका थिए । यस्तै ऋण तथा जमानत (एक्काइसौं संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ ।

अघिल्ला वर्षहरुमा असार मसान्तमा बजेट पेश गर्ने र नयाँ आर्थिक वर्ष लागेपछि पेश्की विधेयकबाट खर्च गर्ने परम्परा थियो ।

विनियोजन विधेयक पास गर्नुअघि प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजय गच्छदार, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रम तथा रोजगार मन्त्री दीपक बोहरा, खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले आफ्ना मन्त्रालयको
विनियोजित रकम र योजनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए ।

आउँदो असार २९ गते नै आगामी आर्थिक बर्षको बजेट पास गर्ने तयारी संसद सचिवालयले गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि १० खर्ब ४८ अर्ब रुपैंयाको बजेट गत जेठ १५ गते संसदमा पेश गरेको थियो ।

वि.सं.२०७३ असार २६ आइतवार ०६:२५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...