back
NMB ad

१३ वर्षपछि फर्किएको खोलो … …

Kumari bank ad

काठमाण्डौं । नेपाल आयल निगम १३ वर्षपछि आज आइतबार ऋणमुक्त हुँदैछ । आज निगमले सरकारको १ अर्ब ४१ करोड रुपैयाँ ऋण चुक्ता गर्दैछ । यो ऋणचुक्तापछि निगम ऋणमुक्त हुनेछ ।

निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेका अनुसार सरकारको ८० करोड ऋण र ब्याज वापतको ६१ करोड रुपैयाँ आइतबार नै तिरिनेछ । आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि भएपछि आर्थिक वर्ष २०५९/६०सालदेखि ऋण लिएको थियो ।

अन्तर्राष्ट्रय बजारमा कच्चा तेलको मूल्य आकासिएको बेलामा निगमको ऋण ३६ अर्ब ८६ करोड ७० लाख रुपैयाँसम्म पुगेको थियो । अन्तर्राष्ट्रय बजारमा पछिल्लो समयमा कच्चा तेलको मूल्य प्रतिब्यारल ३० अमेरिकी डलरसम्म पुगेको थियो । अहिलेपनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ५० डलर भन्दा कमनै छ ।

ऋणमुक्त भएपछि निगमलाई तेलको भण्डारण बढाउने र नयाँ डिपो बनाउने लागि बाटो खुल्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवार्इ इन्धनको क्षमता पनि बढाउने तयारी गरेको छ । वाहेक निगम र साल्ट ट्रेडिङ मिलेर ग्यास भण्डारण र ग्यास प्लान्ट राख्ने प्रारम्भिक योजना समेत अघि बढेको छ ।

घिमिरेका अनुसार आर्थिक वर्ष २०५९/६०सालदेखि ऋण लिन थालेको र त्यो बढ्दै गएर ३६ अर्ब ८६ करोडसम्म पुगेको थियो । उनले सुरुवातमा विभिन्न बाणिज्य बैंकबाट ऋण लिइएको बताउँदै पछि सरकारी ऋण समेत लिएको जानकारी दिए । आयल निगमको ऋण चुलिँदै गएपछि सरकारी स्वामित्वका कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले ऋण दिन आनकानी समेत गरेका थिए ।

तेल ल्याउन निगमलार्इ २०६४ असोज २९ गते अर्थ मन्त्रालयले ५० करोड रुपैयाँ दिएको थियो। त्यही वर्षको माघ १७ गते ५० करोड रुपैयाँ दिएर एक अर्ब रुपैयाँ ऋण पुगेको थियो । निगमले त्यो बेलादेखिको सरकारी ऋण अहिले आएर तिरेको हो । निगमका अनुसार २०७१ पुस २३ गतेसम्म यो रकम बढ्दै गएर ३६ अर्ब ८६ करोड ७० लाख रुपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक ब्यारलको ३० डलरसम्म घटेपछि निगम निरन्तर नाफामा छ। ऋण तिर्ने बहानामा निगमले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गरेन ।

२६ असार २०७३, १०.००, बिजमाण्डु

वि.सं.२०७३ असार २६ आइतवार ११:१० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...