
काठमाण्डौं । नेपालले चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको छ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले चीनलाई २ वटा भाले र २ वटा पोथी गैंडा उपहारस्वरुप दिने निर्णय गरेको हो।
अध्ययन अनुसन्धान र शिक्षा प्रबर्द्धनका लागि चीनलाई दुई जोडी गैंडा दिने निर्णय गरेको सूचना तथा संचारमन्त्री शेरधन राईले जानकारी दिए।
प्रकाशितः २०७३ असार २६
वि.सं.२०७३ असार २६ आइतवार १२:३६ मा प्रकाशित