back
NMB Ad

कसमस डेभलपमेन्ट बैंकको पाँच लाख कित्ता सेयर आउँदै

काठमाडौं । कसमस डभलपमेन्ट बैंकले साउन ११ गतेदेखि ५ लाख तीन हजार एक सय २५ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । कसमसले एक बराबर एक कित्ताको अनुपातमा एक सय रुपैंयाँ मुल्यका हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद सेयरको निष्काशन भदौ ३ गते बन्द हुनेछ । बैंकले हाल कायम रहेको पाँच करोड तीन लाख १२ हजार पाँच सयको चुक्ता पुँजीलाई दुई गुणा बढाउन हकप्रद सेयर जारी गर्न लागेको हो ।
बैंकले चैत मसान्तसम्ममा एक करोड ७० लाख नाफा कमाएको थियो ।
गोरखा जिल्लाको सदरमुकाम गोरखा बजार हरमटारीमा प्रधान कार्यालय रहेको बैंकले आरुघाट, घ्याम्पेसाल र पालुङटारमा गरी ३ वटा शाखा कार्यलयबाट बैंकिङ सेवा प्रदान गरेको छ । त्यस्तै बैंकले गो.न.पा.–९, छेवेटारमा एक्सटेन्सन काउन्टर स्थापना गरिसकेको छ ।

 

प्रकाशितः २०७३ असार २७

वि.सं.२०७३ असार २७ सोमवार १२:५८ मा प्रकाशित

You can share this post!

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

वि.सं.२०८१ चैत १३ बुधवार १२:१६

इटहरी (सुनसरी) : इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक...

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

वि.सं.२०८१ चैत १३ बुधवार १२:०१

जमुना वर्षा शर्मा पोखरा, १३ चैतः अमेरिकन नागरिक ७२ वर्षीया...

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

वि.सं.२०८१ चैत १३ बुधवार ११:४९

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती...

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

वि.सं.२०८१ चैत १३ बुधवार ११:३९

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल नियमनलाई थप प्रभावकारी बनाउने...

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

वि.सं.२०८१ चैत १३ बुधवार १०:४८

काठमाडौं । नबिल बैंक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ चैत १३ बुधवार १०:३८

काठमाडौं। साताको चौथो कारोबार दिन सुनको भाउ सामान्य बढेको छ...