back
NMB ad

हिजो पेट पाल्न भिक्षा माग्थे, आज करोडौंका मालिक !

Kumari bank ad

रेणुका आराध्या, व्यवसाय गर्ने र जीवनमा आफै केही गर्न चाहनेका लागि एउटा उदारणीय नाम हो । कुनै समय आफ्नो पेट पाल्नका लागि घर घरमा गएर भीक्षा माग्ने काम गर्थे, अहिले उनको कम्पनीको पुँजी नै ३० करोड छ भने उनको मातहतमा १५० जना व्यक्तिहरुले काम गर्ने गर्छन् ।

रेणुकाले कक्षा ६ पास गरेपछि  गाउँकै मानिसकोहरुको घरमा भाडा माझ्ने र उनीहरुको घरआँगन सफा गर्ने काम गरे, यसवापत उनीहरुले उनको विद्यालयको खर्च उठाइदिन्थे

भारतको बेंगलुरुको गोपासान्द्रा गाउँमा जन्मिएका रेणुकाका पिता एक पुजारी थिए, पुजा गरेर आउने आम्दानी नै उनको जीवन धान्ने स्रोत थियो । पूजाआजा गरेर आएको चामल र केही पैसाले नै उनीहरुको गुजारा चलाउन मुस्किल थियो । त्यसैले उनी बुवासँगै छिमेकी गाउँहरुमा भिक्षा माग्न हिंड्थे ।

रेणुकाले कक्षा ६ पास गरेपछि  गाउँकै मानिसकोहरुको घरमा भाडा माझ्ने र उनीहरुको घरआँगन सफा गर्ने काम गरे, यसवापत उनीहरुले उनको विद्यालयको खर्च उठाइदिन्थे । पछि उनका बुवाले उनलाई एउटा आश्रममा राखिदिए, जहाँ उनले संस्कृत र वेद पढ्नुपथ्र्यो । त्यो आश्रममा बिहानको ८ बजे खाना खाएपछि बेलुकीको ८ बजे मात्र खाना खान पाइन्थ्यो जसले गर्दा रेणुकालाई जतिबेला पनि भोक लागिरहन्थ्यो । भोकले आफ्नो पढाईमा ध्यान दिन नसकेपछि उनी कक्षा १० मा फेल भए । त्यसपछि उनी घर फर्किए, जहाँ उनले आफ्नो आमा र बैनीको जिम्मेवारी पनि उठाउनु पर्ने भयो ।

त्यसपछि उनले एक कम्पनीमा झाडु लगाएको काम पाए । त्यहाँ ३ वर्ष काम गरेपछि उनले श्याम सुन्दर टे«डिङ कम्पनीमा सहयोगीको काम पाए । त्यो कम्पनीले ब्याग र सुटकेश बनाउने काम गथ्र्यो । त्यहाँ केही महिना काम गरेपछि उनले आफ्नै कम्पनी खोल्ने विचार गरे, किनकी उनी त्यो काममा पोख्त भइसकेका थिए । उनले  ती ब्याग र सुटकेशको खोल सिलाउने काम गर्न थाले, उनी आफ्नो साइकलमा चढेर कराउँदै हिंड्थे र ग्राहकको माग अनुसार खोल सिउने काम गर्थे । तर, यो काममा उनलाई घाटा भयो, उनले पूरै ३० हजार रुपैयाँ डुबाए ।

त्यतिबेला उनको दाजुले उनलाई सेक्युरिटी गार्डको जागिर खोजिदिए । उनी त्यतिबेला मात्र १८ वर्षका थिए । त्यसको केही समयपछि नै उनी गलत संगतमा परे, रक्सी खाने र तास खोल्ने । त्यसरी जिन्दगीको दुई वर्ष बिताएपछि उनले एक दिन आफूले विवाह गर्न चाहेको आफ्नी आमासँग बताए । कता कता भित्री मनमा उनी आफैलाई लागिरहेको थियो कि विवाह गरेपछि उनी आफूलाई जिम्मेवारीबोध हुनेछ र गलत संगत छोड्नेछन् ।

त्यतिबेला सेक्युरिटी गार्डबाट उनले मासिक ६ सय कमाउने गर्थे भने त्यसपछि उनले मालीको काम गरे, साथै नरिवलको रुखमा चढ्ने काम पनि गर्थे । उनी एउटा रुख चढे वापत १५ रुपैयाँ लिने गर्थे भने दिनमा कम्तिमा २० वटा रुख चढ्ने गर्थे ।

उनको कमाई राम्रै थियो, घर ठीकठाक चलिरहेको थियो । तर उनलाई आफूमा भने सन्तुष्टि थिएन । त्यसैले उनले ट्याक्सी चलाउने विचार गरे । त्यसैले गाडी चलाउन सिक्नका लागि उनले आफ्नो श्रीमतीका दाजुसँग केही पैसा उधारोमा मागे र त्यसवापत आफ्नो बिहेको औंठी धितो राखे । उनले गाडी सिके, लाइसेन्स लिए र कार चलाउने काम पनि पाए । तर दुर्भाग्यवश जागिरको सुरुको दिनमा नै गाडीलाई रिभर्स गर्नेबेलामा उनले गाडी लगेर गेटमा ठोकाइदिए । उनको त्यो जागिर केही घण्टा मात्र टिक्यो । त्यसपछि उनी फेरि सेक्युरिटी गार्डकै जागिरमा फर्किए ।

असफलता मिलेपछि उनले आफ्नो भाग्यलाई सराप्न थाले । उनलाई गाडी चलाउने काम मन परेको थियो तर त्यो उनलाई भाग्यले साथ दिएन । तर, एक दिन फेरि ट्याक्सीका मालिकले उनलाई आफ्नो ट्याक्सी चलाउने काम दिए । त्यसपछि उनले आन्तरिक पर्यटकहरुलाई विभिन्न ठाउँ घुमाउनका लागि लैजाने काम गर्न थाले, उनी डराएर बिस्तारै गाडी चलाउँथे, उनका ग्राहकहरुले भने उनी राम्रो ड्राइभर भएको चर्चा गर्न थाले । उनले यही कामलाई निरन्तरता दिए ।

त्यतिबेला उनकी श्रीमती लुगा सिउने काम गर्थिन् । उनीहरु दुबैको कमाई जम्मा ९ सय रुपैयाँ थियो । त्यो समयमा नै उनले विदेशी पर्यटकलाई घुमाउने काम पाए । उनी अत्यन्त खुशी थिए किनभने विदेशीहरुले उनलाई सुरक्षित यात्रा गराई दिएवापत डलरमा टिप्स दिन्थे । केही समय त्यसरी काम गरेपछि उनले आफ्नी श्रीमतीको नागरिक लगानी कोषबाट पैसा निकाले र केही अन्य साथीहरुसँग लिमेर सिटी सफारी नामक कम्पनी खोले । उनी आफू म्यानेजर भएको सपना देख्ने गर्थे र यो सपना उनको त्यही कम्पनीको माध्यमबाट पूरा भयो । ऋण लिएर उनीहरुले तीनवटा गाडी किने र चलाउन थाले, उनीसँगै पार्टनरसीपमा काम गर्न आएका उनका साथीहरुले उनको साथ छोडे तर उनले हिम्मत हारेनन् ।

सन् २००६ मा रेणुकाले थाहा पाए कि इण्डियन सिटी ट्याक्सी नामक कम्पनी एकदमै घाटामा गइरहेको छ तर त्यो कम्पनीको छत्रछायाँमा ३० भन्दा बढी ट्याक्सीहरु काम गर्ने गर्छन् । उनले त्यो कम्पनी किन्ने बिचार गरे, उनले आफ्नो तीनवटै कारहरु बेचेर उक्त कम्पनी किने । उनले उक्त कम्पनीको नाम प्रवासी क्याव राखे ।

कुनै पनि व्यवसायिक ज्ञान नभएकाले उनले पहिले निकै अप्ठ्याराहरुको सामना पनि गर्नु प¥यो । उनको पहिलो क्लाइन्ट अमेजन इण्डिया थियो, जसले उनको बृद्धिमा निकै सघाउ पु¥यायो । त्यसपछि विस्तारै उनले वालमार्ट, अकामाई, जेनेरल मोटर्स लगायतका ग्राहकहरु पाउन थाले । यो समयसम्म उनले आफ्नो कम्पनीमा कुनै पनि सेल्स टिम या मार्केटिङ टिम बनाएका थिएनन् ।

उनले विदेशी पर्यटकलाई घुमाउने क्रममा नै उनीहरुसँग कुराकानी गरेर अंग्रेजी बोल्न सिके । साथै उनले ओला र उवर जस्ता कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्दा निकै  चुनौतिहरु पनि व्यहोरे । त्यही कारणले नै उनले आफ्नो ७०० ट्याक्सीहरुमा २ सय ट्याक्सी घाटामा गुमाए । उनीसँग अझै पनि ५ सय ट्याक्सी भएकाले उनले यो अवस्थालाई पनि विस्तारै निर्मूल पारे । अहिले उनको कम्पनीमा हजार भन्दा बढी ट्याक्सीहरु छन् ।

अहिले उनी २० लाख पर्ने गाडी चलाएर हिंड्छन् भने तीन अन्य कम्पनीका मालिक भएका छन् । आफ्नो कम्पनीले सय करोड काटेपछि सेयर बजारमा छिर्ने उनको विचार छ ।

इरादा पहाडी , एजेन्सीको सहयोगमा

२७ असार २०७३, ६।००

 

वि.सं.२०७३ असार २७ सोमवार २०:१४ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...