काठमाण्डौं । जलविद्युत लगानी तथा बिकास कम्पनीको २ करोड सेयर कारोबार आजदेखि खुलेको छ । दश करोड कित्ता सेयर नेप्सेमा सुचीकृत गराएको कम्पनीको सर्वसाधारणमा निष्काशन गरिएको २ करोड कित्ताको कारोबार खुलेको हो ।
कम्पनीको प्रतिकित्ता सेयर मूल्यको रेञ्ज १ सय ९ रुपैंयादेखि ३ सय २८ रुपैंयासम्म निर्धारण गरिएको छ । प्रति सेयर नेटवर्थको ३ गुणासम्म प्राइस रेञ्ज निर्धारण गर्ने व्यवस्था अनुरुप कम्पनीको सेयर मुल्य निर्धारण गरिएको हो ।
आइतबारदेखि नै बजारमा आउने भनेको सेयर डिम्याट नभएपछि केही दिन रोकिएको थियो । कम्पनीले जलविद्युत आयोजना निर्माणका लागि ऋण लगानी गर्ने काम गर्दै आएको छ ।
२८ असार २०७३, १२।००
वि.सं.२०७३ असार २८ मंगलवार १२:३२ मा प्रकाशित