back
NMB ad

भारतबाट ३०० मेगावाट बिजुली थपिँदै

Kumari bank ad

काठमाडौं । सरकारले आगामी हिउँदमा तात्विक रुपमा लोडसेडिङ घटाउन भारतबाट थप तीन सय मेगावाट बिजुली आयात गर्ने भएको छ ।

त्यतिबेला भारतबाट आयात हुने बिजुली ६ सय मेगावाट पुग्ने र मुलुकको आन्तरिक उत्पादनसमेत बढ्ने भएकाले आगामी हिउँदामा लोडसेडिङ ८ घण्टामा सीमित हुने जानकारी विद्युत प्राधिकरणका एक अधिकारीले दिए ।

अघिल्लो हिउँदमा लोडसेडिङ १६ घन्टामा पुगेको थियो । दुई देशबीचको समझदारीमा नेपाल–भारत ढल्केबर–मजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन र दुई विद्युत नाकाबाट थप तीन सय मेगावाट बिजुली आयात गर्ने गृहकार्य भइरहेको जानकारी ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले दिए ।

विद्युत प्राधिकरणका २ र विदेशी तथा स्वदेशी निजी लगानीका ६ निर्माणाधीन आयोजना सम्पन्न भई आगामी हिउँदसम्ममा मुलुकमा १ सय ५० मेगावाट थप विजुली उत्पादन हुने भएको छ ।
घिमिरेका अनुसार आगामी हिउँदमा मुलुकमा विद्युतको माग १ हजार ४ सय ५० मेगावाट बिजुली आपूर्ति हुनेछ ।

विद्युत प्रणालीमा १ हजार मेगावाट बिजुली उपलब्ध भयो भने हिउँदमा लोडसेडिङ ८ घण्टाभन्दा बढी हुने छैन । कान्तिपुर दैनिकमा समाचार छ ।

प्रकाशितः २०७३ असार २८

वि.सं.२०७३ असार २८ मंगलवार १३:११ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...