काठमाण्डौं । मौद्रिक नीति सार्वजनिक भएकै दिन नेप्से सूचक २७ दशमलव ७२ प्रतिशतले बढेको छ । यो तीन साता यता एकै दिन भएको बृद्धि हो। आज कारोबार रकम पनि बढ्न पुगेकाछ । दिनभर आज एक अर्व ४६ करोड रुपैयाँको सेयर कारोवार भयो।
आज बिहीबार बैंकिङ समूहको सेयर सूचक २६ अंक र अन्य समूहको ३२ अंकले बढ्न पुगेकोछ । त्यसैगरी होटल समूह ११ अंक, विकास बैंक समूहको २९ अंक, जलविद्युत समूहको सेयर ६४ अंक, वित्त समूह आठ अंक, इन्सुरेन्स समूह ३७ अंक र उत्पादन समुह ३१ अंकले माथि चढे।
३० असा २०७३, ४।००
वि.सं.२०७३ असार ३० बिहीवार १६:५६ मा प्रकाशित