back
SKIP
Prabhu Bank Road Block Ad

फिफा वरियतामा नेपाल ६ स्थान तल झर्यो !

Kumari bank ad

काठमाण्डौं । फुटबलको सर्वोच्च निकाय फिफाले जुलाई महिनाको लागि जारी गरेको नयाँ वरियतामा नेपाल ६ स्थान तल झरेको छ। ६ स्थान झरेसँगै नेपाल १८८ औं स्थानमा पुगेको छ।

नेपाल दक्षिण एसियाली राष्ट्रहरुमा पाँचौ स्थानमा छ। ६ स्थान सुधार गर्दै अफगानिस्तान १५० औं स्थानमा उक्लेको छ भने भारत ११ स्थान सुधार गर्दै १५२ औं स्थानमा पुगेको छ। यस्तै माल्दिभ्स १७४ औं स्थानमा कायम छ भने २ स्थान तल झरेको बंगलादेश १८३ औं स्थानमा पुगेको छ। भुटान १९२ औं, श्रीलंका १९३ औं र पाकिस्तान १९४ औं स्थानमा छन्।

यता कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा चिलीसँग हारे पनि अर्जेन्टिना शीर्ष स्थानमा कायमै छ। अर्जेन्टिना सहित शीर्ष पाँचमा कुनै परिवर्तन भएको छैन। युरोकपको क्वाटरफाइनलबाटै बाहिरिएको बेल्जियम दोस्रो, कोलम्विया तेस्रो, जर्मनी चौथो र चिली पाँचौ स्थानमा छन्।

युरो च्याम्पियन पोर्चुगल २ स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लेको छ भने युरोको फाइनलमा पुगेको फ्रान्स १० स्थान सुधार गर्दै सातौं स्थानमा पुगेको छ। समान दुई स्थान तल झरेको स्पेन र ब्राजिल क्रमश आठौं र नवौं स्थानमा छन्।

दुई स्थान सुधार गर्दै इटली दसौं स्थानमा उक्लेको छ भने पहिलो सहभागितामै युरोको सेमिफाइनलमा पुगेको वेल्स १५ स्थान सुधार गर्दै ११ औं स्थानमा पुगेको छ।

इंगल्याण्ड र अष्ट्रिया भने शीर्ष १० बाट बाहिरिएका छन्। यस्तै युरोको पहिलो सहभागिता इंगल्याण्डलाई हराउँदै क्वाटरफाइनसम्म पुगेको आइसल्याण्ड १२ स्थान सुधार गर्दै २२ औं स्थानमा पुगेको छ।

३१ असार २०७३, ११।००

वि.सं.२०७३ असार ३१ शुक्रवार १२:०३ मा प्रकाशित

You can share this post!

पितृको सद्गतिका लागि महादीपदान गर्न पाशुपत क्षेत्रमा लाखौँ भक्तजन   

पितृको सद्गतिका लागि महादीपदान गर्न पाशुपत क्षेत्रमा लाखौँ भक्तजन   

वि.सं.२०८० मंसिर २४ आइतवार १९:४६

काठमाडौँ, २४ मङ्सिर : दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै पशुपतिनाथलगायत...

विदेशी मूलका व्यक्तिको खाली घरको कर बढाउने अष्ट्रेलिया सरकारको घोषणा   

विदेशी मूलका व्यक्तिको खाली घरको कर बढाउने अष्ट्रेलिया सरकारको घोषणा   

वि.सं.२०८० मंसिर २४ आइतवार १९:४०

सिड्नी, २४ मङ्सिर अस्ट्रेलिया सरकारले भाडाको सङ्कट कम गर्ने प्रयासस्वरूप...

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड   

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड   

वि.सं.२०८० मंसिर २४ आइतवार १९:३४

काभ्रेपलाञ्चोक, २४ मङ्सिर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन   

एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन   

वि.सं.२०८० मंसिर २४ आइतवार १९:२३

काठमाडौँ, २४ मङ्सिर : एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा...

ग्लोबल आइएमई बैंकद्वारा एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

ग्लोबल आइएमई बैंकद्वारा एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

वि.सं.२०८० मंसिर २४ आइतवार १९:१८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ...

एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित   

एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित   

वि.सं.२०८० मंसिर २४ आइतवार १९:१४

काठमाडौँ, २४ मङ्सिर : एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्र्गत...