back

मन्दिरको कमाई ९० लाख !

Kumari bank ad

बाग्लुङ । पश्चिमाञ्चलको प्रसिद्ध कालिका भगवती मन्दिर बाग्लुङमा एक वर्षका अवधिमा रु ९० लाखभन्दा बढी सङ्कलन भएको छ ।
मन्दिरमा गत आव २०७२÷०७३ मा रु ९० लाख पाँच हजार सात सय ६६ सङ्कलन भएको हो । विगतमा ठेक्का प्रथामा चल्दैआएको मन्दिरको व्यवस्थापन गत साउनदेखि मन्दिर व्यवस्थापन समिति आफैँले हेर्दै आएको छ ।
“गत साउनसम्म मन्दिरको व्यवस्थापनका लागि ठेक्कामा दिने परम्परा थियो” कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले भन्नुभयोे, “यस पटकदेखि व्यवस्थापनको सम्पूर्ण काम गुठीबाटै गरेका छौँ ।” गुठी आफँैले व्यवस्थापनको जिम्मा लिएपछि मन्दिरको आम्दानी समेत पारदर्शी भएको दर्शनार्थीले बताउने गरेका छन् । समितिले मन्दिरको आम्दानी दैनिक रुपमा सार्वजनिक गर्ने गरेको छ ।
बोका, राँगा, कुखुरा र परेवाको बलि चढ्दै आएको मन्दिरमा गत माघदेखि परेवा बलिमा रोक लगाइएको छ । “आफैँमा शान्तिको प्रतीक मानिने परेवाको बध गर्नु उपयुक्त लागेन र परेवाको बलि चढाउन रोक लगाएका हौँ ”, खड्काले भन्नुभयो । मन्दिरबाट सबैभन्दा बढी आम्दानी भेटी सङ्कलनबाट हुने गरेको छ ।

यस्तै बलि चढाइएका बोका, राँगा तथा कुखुराको टाउका बिक्रीबाट समेत मन्दिरले आम्दानी गर्ने गरेको छ । परेवा जोडी तथा चढाइएका नरिवल बिक्रीबाट समेत आम्दानी हुने खड्काले बताउनुभयो ।

मन्दिरको धार्मिक तथा ऐतिहासिक पक्षको प्रचारप्रसार, आन्तरिक भौतिक व्यवस्थापन लगायतका कारण पछिल्लो समयमा मन्दिरमा दर्शनार्थीको चाप बढ्न थालेको छ ।

व्यवस्थापन समितिले मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने लक्ष्य सहित काम गरिरहेको खड्काले बताउनुभयो । ‘मन्दिरको दिगो विकासका लागि पञ्चवर्षीय योजना अनुसार अगाडि बढेका छौँ’ खड्काले भन्नुभयोे, ‘जिल्लामा भित्रिने धार्मिक पर्यटकलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ ।’

हालैमात्र तामाको छानो हालिएको मन्दिरमा कालीगण्डकी नदीको पानी तानेर १०८ धारा निर्माण गर्ने तथा मन्दिरदेखि प्रवेशद्वारसम्म ढुङ्गा बिच्छाउने काम पनि भइरहेको छ ।

प्रकाशितः २०७३ साउन १

वि.सं.२०७३ साउन १ शनिवार १३:२० मा प्रकाशित

You can share this post!

भारतको सर्वोच्च अदालतले काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णयलाई कायमै राख्यो   

भारतको सर्वोच्च अदालतले काश्मीरको स्वायत्तता खारेज गर्ने निर्णयलाई कायमै राख्यो   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:४६

नयाँदिल्ली, २५ मङ्सिर : भारतको सर्वोच्च अदालतले सोमबार दशकौँदेखि विद्रोह...

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनरलाई ज्ञापन–पत्र

वि.सं.२०८० मंसिर २५ सोमवार १९:४२

नेपालगन्ज : बाँके र बर्दियाका उद्योग वाणिज्य संघ र उद्योगी...

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री   महत   

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री   महत   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:३४

काठमाडौँ, २५ मङ्सिर : अर्थमन्त्री डा प्रकाशशरण महतले अन्य देशको...

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन   

कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन   

वि.सं.२०८० मंसिर २५ सोमवार १९:२७

काठमाडौँ, २५ मङ्सिर : नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका...

४४ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर

४४ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर

वि.सं.२०८० मंसिर २५ सोमवार १९:२१

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि...

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप चार कम्पनीले गर्यो लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १७:१९

काठमाडौं । लाभांशको सिजन चलिरहेको छ । कम्पनीहरुले धमाधम लाभांश...