back
NMB ad

असफल सैनिक कूको प्रयास, इतिहासमै एउटा दाग !

Kumari bank ad

अंकारा । टर्कीमा भएको असफल सैनिक कूको प्रयासमा २६५ जनाको मृत्यु भएको त्यहाँका प्रधानमन्त्री बिनाली यिल्दिरिमले बताएका छन्। घटनामा १ हजार ४४० जना घाइते भएका छन् भने कूको प्रयास गर्ने २ हजार ८ सय ३९ जना सैनिक पक्राउ परेको उनले बताएका छन्।

शुक्रबार भएको सो घटनालाई प्रजातन्त्रको इतिहासमै एउटा दाग बताउँदै उनले सरकार समर्थित फौज, सर्वसाधारण र कूको प्रयास गर्ने सेनाबीच भिडन्त हुँदा यति धेरै संख्यामा मृत्यु भएको बताए।

टर्कीको इतिहासमा सेनाले राजनीतिमा हस्तक्षेप पटक पटक गरेको छ। सन् १९६० यतामात्रै पनि तीन पटक कू भइसकेको छ। एक पटक सेनाले एउटा सरकारलाई राजीनामा दिन बाध्य बनाएको थियो। अहिले राष्ट्रपति एर्डोगानको इस्लामिस्ट सरकारका समर्थक र टर्कीको धर्म निरपेक्ष परम्पराका समर्थकहरुबीच निकै गहिरो गरी ध्रुवीकरण भइरहेका बेला सेनाले कूको प्रयास गरेको हो।

त्यस्तै शुक्रबार अर्थात् जुलाई १५ तारिखका दिन टर्कीमा एकाएक अन्यौल छायो। सेनाका फाइटर प्लेनहरु लो हाइटमा उडे। महत्त्वपूर्ण दुई वटा पुललाई सेनाले नियन्त्रणमा लिएर सैनिक शासन लागू भएको घोषणा गरियो। तर सरकार पनि चुप बसेन। इस्तानबुलको सैनिक स्कूलबाट दर्जनौँलाई पक्राउ गरियो।

नेपाल सरकारले पनि शनिबार विज्ञप्ति जारी गर्दै कूको विरोध गरेको छ। जनताको म्यान्डेटलाई नै सर्वोपरी मान्नुपर्ने र त्यसलाई शक्तिको प्रयोग वा अन्य कुनै गैरकानुनी किसिमले बिगार्न नहुने भन्दै नेपाल सरकारले प्रजातान्त्रिक संस्थाहरुको सम्मान गर्न र टर्कीका जनताले चुनेको नागरिक सरकार प्रति सम्मान गर्न सबैलाई अनुरोध गरेको छ। अमेरिकी विदेशमन्त्रीले पनि आफूहरु टर्की सरकारको पक्षमा रहेको बताए। जर्मन चान्सलर आङ्ग्ला मर्केलले पनि सडकमा ट्याङ्क र आकाशबाट आफ्नै जनताविरुद्ध आक्रमण कानुनविपरीत रहेको बताइन्।

राष्ट्रपति रेचप तैयव अर्दोआनले टर्किको सैनिक ‘कु’ मा संलग्न अधिकांश सैनिकहरु अमेरीकामा १ सय ६० वटा चार्टर स्कुल चलाएर वसेका धर्मगुरु फदउल्ला गुलेनका चेलाहरु भएको र, उनकै योजनामा सैनिक ‘कु’ गरीएको आरोप लगाएका छन्। सिएनएन समामचारका अनुसार घर्म गुरु फदउल्ला गुलेनले टर्किमा भएको घटनामा आफ्नो कुनै भुमिका नरहेको दावी गरेका छन्।

२ साउन २०७३, ९।००

वि.सं.२०७३ साउन २ आइतवार ११:२७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...