हेटौँडा– अहिले सम्म नगरेको काम बर्तमान केपी ओलीको सरकारले गरेको भन्दै मकवानपुरका स्वतन्त्र युवाहरुले हेटाँैडामा प्रदर्शन गरेका छन् । भारतको नाकाबन्दी देखि भारतको मात्र एकाधिकारको बजारलाई चिनसँग जोड्दै अधि बढेको सरकार नेपाल र नेपालीका लागि आवश्यक रहेको बन्दै हेटौँडाको बिभिन्न क्षेत्रमा आवद्ध रहेका स्वतन्त्र युवाहरुले बजारमा प्रदर्शन गरेका हुन् ।
हेटौँडाको सिमचौकबाट बजार परिक्रमा गर्दै प्रर्दशन गरिएको थियो । सरकारले जनताको भावना बुझ्दै काम गरिरहेको अवस्थामा नयाँ सरकार आउँनु उपयुक्त नभएको युवाहरुको भनाई रहेको छ । बर्षाको झरीमा रुझ्दै सरकारको समर्थनमा नाराबाजी सहित बजार परिक्रमा गरिएको थियो । प्लेकार्ड र व्यानर बोकेका युवाहरुले नेपाल र नेपालीको पक्षमा रहि राष्ट्र र राष्ट्रियता माथि अडिक सरकार देशको लागि आवश्यक रहेको युवाहरुले बताए ।
वि.सं.२०७३ साउन २ आइतवार १४:२४ मा प्रकाशित