back
NMB ad

विद्युत महशूल दर वृद्धिको निर्णय तत्काल फिर्ता लिन महासंघको आग्रह

Kumari bank ad

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत महशुल निर्धारण आयोगले श्रावण १ गतेदेखि लागू हुने गरी विद्युत महशूल दरमा गरेको भारी बृद्धिको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । एक प्रेस विज्ञप्ती जारी गरि महशुल वृद्धिको निर्णयले उद्योग व्यवसाय क्षेत्र थप मारमा पर्ने भन्दै महासंघले चिन्तित भएको जनाएको छ ।

एकातिर पर्याप्त विजुली पनि नदिने र अर्कोतर्फ चर्को मुल्य वृद्धि पनि गर्ने यो कस्तो प्रकारको न्याय हो, भन्दै महासंघले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।

नेपाल विद्युत प्राधिकरणको घाटा पूर्ति गर्न विद्युत महशुल बढाउनु कुनै पनि हिसावले उपयुक्त नरहेको महासंघको ठहर छ । औद्योगिक क्षेत्रमा नियमित विद्युत आपुर्ति नहुने, विद्युत आपूर्ति भैहाले पनि भोल्टेज नपुग्ने, घोषित लोडसेडिङ भन्दा झण्डै तीन घण्टा थप लोडसेडिङ हुने जस्ता समस्या समाधान तर्फ कुनै ध्यान नदिई गरिएको निर्णयप्रति महासंघले असहमती जनाएको छ ।

विद्युत आपूर्ति भए पनि नभए पनि उद्योगले न्यूनतम डिमाण्ड चार्ज तिर्नु परिरहेको भन्दै महासंघले विद्युत आपूर्ति र विकासमा देखिएका थुप्रै समस्याहरुको समाधानतर्फ कुनै पहल नगरि महशुल दर बढाउने निर्णय दुःखद रहेको जनाएको छ ।

महशुल वृद्धि मात्र समस्याको समाधान नभएको भन्दै यो निर्णयबाट उद्योग व्यवसाय क्षेत्रमा थप मार पर्न गई लागत मूल्य बढ्ने महासंघको ठहर छ । यसले औधोगिक प्रतिष्पर्धात्मक क्षमता समेत खक्किने भएकाले बेलैमा निर्णय फिर्ता लिई निजी क्षेत्रका राय सुझावलाई पनि आत्मसाथ गर्दै अगाडी बढ्न महासंघले नेपाल सरकार उर्जा मन्त्रालय र मातहतका निकायसँग माग गरेको छ ।

प्रकाशित मिति ः २०७३ साउन २

वि.सं.२०७३ साउन २ आइतवार १८:३० मा प्रकाशित

You can share this post!

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...