back
NMB ad

मौद्रिक नीतिबारे बैंकर्स संघको मिश्रित प्रतिक्रिया

Kumari bank ad

काठमाडौ । नेपाल बैंकर्स संघले आर्थिक वर्ष २०७३/०७४ का निम्ति नेपाल राष्ट्र बैंकले गत बिहिबार जारी गरेको मौद्रिक नीतिप्रति मिश्रित प्रतिक्रिया जनाएको छ ।

राजधानीमा संघले पत्रकार सम्मेलन गरेर उत्पादनशील क्षेत्रमा तरलता प्रवाह गर्ने व्यवस्था तथा औद्योगिकीकरण बढाउन लगानी वृद्धि एवम् ब्याजदर ‘करिडर’को व्यवस्था जस्ता विषयलाई मौद्रिक नीतिले समेट्नु सकारात्मक भन्दै त्यसको स्वागत गरेको छ ।

लघुवित्त कारोबार वाणिज्य बैंकहरुले पनि गर्नुपर्ने व्यवस्थाप्रति असहमति जनाउँदै संघले यदि त्यसो गर्ने हो भने लघुवित्त संस्थाहरुबाट बजारमा प्रवाह भएको कर्जा रकम झन्डै ७५ अर्ब रुपैंया मध्येबाट ३० अर्ब रुपैंया वाणिज्य बैंकहरुले फिर्ता लिनुपर्ने परिस्थिति उक्त नीतिबाट सिर्जना हुने बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष उपेन्द्र पौडेलले विपन्न वर्गमा पाँच प्रतिशतमध्ये दुई प्रतिशत बैंकहरु आफै सक्रिय भएर लगानी गर्नु पर्ने व्यवस्था अत्यन्तै चुनौतीपूर्ण रहेको बताए ।

कर्मचारीलाई क्षमता अभिवृद्धिका लागि तालिमको अनिवार्य व्यवस्था गरिनु सकारात्मक पाटो भएको उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा उपस्थित बैंकरहरुले सबैभन्दा वढि समर्थन ब्याज दर करिडोर बारे गरे । सहभागीहरुले रियलस्टेट र सेयर धितो कर्जामा गरिएको कडाइ ठिकै भएको प्रतिकृया जनाएका थिए ।

प्रकाशित मिति ः २०७३ साउन २

वि.सं.२०७३ साउन २ आइतवार १९:०३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...