back
NMB ad

विमानस्थल सुधारमा सोचेअनुरुप सुधार भएन : मन्त्री पोखरेल

Kumari bank ad

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि पटकपटक प्रयास गर्दा पनि सोचेअनुरुप सुधार हुन नसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बताएका छन् ।

विमानस्थल सुधारका कार्यहरुको निरीक्षणका लागि आज विमानस्थल पुग्नुभएका मन्त्री पोखरेलले सोचेअनुरुप सुधारका कामहरु हुन नसकेको बताएक छन् ।

“विमानस्थल भन्नेबित्तिकै मूल ढोकादेखि प्रस्थान, आवागमनलगायत सबै ठाउँमा सफा, व्यवस्थित र राम्रो व्यवहार हुन आवश्यक छ”– उनले भने । मन्त्री पोखरेलले विमानस्थलमा सुुधार भनेर कुनै एक स्थानको मात्र नभएर ठाउँदेखि कर्मचारीको व्यवहारसम्म राम्रो हुनुपर्नेमा जोड दिए ।

मन्त्री पोखरेलले भने, “शौचालय मात्र हैन सबै ठाउँ सफा हुनुपर्यो, कर्मचारीको रुखोपनमा मिठास आउनुपर्यो, चोरी नियन्त्रण हुनुपर्यो।”

विमानस्थलमा हुने गरेको विकृतिका बारेमा जनगुनासो आएपछि गत जेठ ३२ गते प्रधानमन्त्री ओलीले पनि विमानस्थलको आकस्मिक निरीक्षण गरेका थिए ।

२ साउन २०७३

वि.सं.२०७३ साउन २ आइतवार १९:५२ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...