back
NMB ad

हावाबाट बिजुली निकाल्न प्रस्ताव गर्ने कम्पनी बेपत्ता

Kumari bank ad

काठमाण्डौं ।  हावाबाट तीन हजार मेगावाट बिजुली उत्पादनको प्रस्ताव गर्ने कम्पनी सम्पर्कविहीन भएको छ। दी गोर्खाज युकेले प्रस्ताव पेस नगरेपछि लगानी बोर्डले निर्णय खारेजीको तयारी गरेको छ।

प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको ११ माघको बैठकले हावाबाट बिजुली उत्पादन गर्न तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गर्न दी गोर्खाज युकेलाई निर्देशन दिएको थियो। बोर्डले निर्देशन दिएको ६ महिना पुग्ने वेलासम्म कम्पनीले डिपिआर पेस गरेको छैन।

कम्पनीका सञ्चालक नै सम्पर्कमा नरहेको बोर्डका प्रवक्ता सहसचिव रवि भट्टराईले बताए। ‘डिपिआर पेस गर्न दिएको समयसीमा कम्पनीले गुजारिसकेको छ, कम्पनीका व्यक्ति नै सम्पर्कमा छैनन्,’ भट्टराईले भने,‘हावाबाट बिजुली निकाल्न त्यो कम्पनीलाई दिनेबारे यसअघिको निर्णय खारेजीका लागि बोर्ड बैठकमा पेस गर्दै छौँ।’

प्रधानमन्त्री केपी ओलीले सो कम्पनीकै भनाइकै आधारमा हावाबाट बिजुली निकाल्ने भाषण गरेका थिए। प्रधानमन्त्री ओलीनजिकका व्यवसायी वसन्त भुजेलले हावाबाट बिजुली निकाल्ने निवेदन दिएका थिए। भुजेलको कम्पनी दी गोर्खाज् युकेले पहिलो चरणमा तीन सय र तीन वर्षमा तीन हजार मेगावाटसम्म वायु ऊर्जा उत्पादन गर्ने आशयको निवेदन बोर्डमा दिएको थियो।

मन्त्रिपरिषद्को १७ पुसको बैठकले कम्पनीले पेस गरेको र आगामी दिनमा सय मेगावाटभन्दा माथि हावाबाट बिजुली निकाल्न आउने प्रस्तावलाई बोर्डमार्फत अगाडि बढाउने निर्णय गरेको थियो। प्रधानमन्त्री ओलीले हावाबाट बिजुली निकाल्ने प्रस्ताव आफौ अध्यक्ष रहेको लगानी बोर्डबाट कार्यान्वयन गर्ने निर्णय गराएका थिए।

बोर्ड स्रोतले हावाबाट बिजुली ‘हावाजस्तै’ भएको बतायो। स्रोतले भन्यो,‘कम्पनी पनि हावा नै रहेछ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ।

प्रकाशितः २०७३ साउन  ३

वि.सं.२०७३ साउन ३ सोमवार १०:४२ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...