back
mega bank Ad
Hero Ad

राधि विद्युत् कम्पनीले १० करोड रुपैयाँको शेयर ल्याउँदै !

काठमाडौं । राधि विद्युत् कम्पनीले १० करोड रुपैयाँको शेयर जारी गर्दै छ । ४ लाख १० हजार कित्ता शेयर स्थानीय प्रभावीत बासिन्दाका लागि र ६ लाख १५ हजार कित्ता शेयर सर्वसाधरणको लागि जारी गर्ने भएको हो ।

कम्पनीको शेयरलाई ईक्रा नेपालले ग्रेड ४ को रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको आधारभूत पक्ष औषत रहेको संकेत गर्दछ । कम्पनीले आईपिओ जारी गरेर उठाउने पैसा यस सम्वन्ध अन्य नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको हो । कम्पनीले १० दशमलव ३ मेगावाटको दोर्दी १ हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट र ११ मेगावाटको खारे हाइड्रो इलेक्ट्रिक प्रोजेक्टमा लगानी गर्ने भएको हो ।

हाल  लम्जुङ जिल्लाको राधी खोलामा संचालन रहेको आयोजनाबाट ४ दशमलव ४ मेगावाट विद्युत् उत्पादन भईरहेको छ । ७० प्रतिशत कर्जा र ३० प्रतिशत शेयर लगानीबाट संचालन भएको यो आयोजनाको निर्माण लागत ६१ करोड ३० लाख रहेको छ ।

१८ करोड ६९ लाख लागत अनुमान गरिएको दोर्दी १ आयोजना ७५ प्रतिशत कर्जा र २५ प्रतिशत शेयर लगानीबाट निर्माण गरिने योजना रहेको छ । त्यस्तै १८ करोड ७० लाख लागत अनुमान गरिएको खारे आयोजना ७० प्रतिशत कर्जा र ३० प्रतिशत शेयर लगानीबाट निर्माण गरिने भएको हो ।

प्रकाशितः २०७३ साउन ३

वि.सं.२०७३ साउन ३ सोमवार १३:११ मा प्रकाशित

You can share this post!

जगदब्बा इन्टप्राइजेज विद्युत प्राधिकरणको सबैभन्दा ठूलो ग्राहक, ४८ मेगावाट बिजुली आपूर्ति

जगदब्बा इन्टप्राइजेज विद्युत प्राधिकरणको सबैभन्दा ठूलो ग्राहक, ४८ मेगावाट बिजुली आपूर्ति

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १२:०६

काठमाडौं । बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेज ४८ मेगावाटसम्म...

पाँच हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति, कुनको कति ?

पाँच हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति, कुनको कति ?

वि.सं.२०७९ मंसिर ८ बिहीवार १९:१७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५ वटा हाइड्रोपावर कम्पनीलाई आईपीओ...

पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

वि.सं.२०७९ मंसिर ७ बुधवार १६:२१

काठमाडौं । पिपुल्स हाइड्रोपावरको आईपीओ आज दिउँसो बाँडफाँड भएको छ...

पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँड मिति तय, कति जनाले पाउने भए सेयर ?

पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँड मिति तय, कति जनाले पाउने भए सेयर ?

वि.सं.२०७९ मंसिर ६ मंगलवार १५:४३

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओ मंसिर ७ गते बुधबार...

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको विद्युत् निर्यात, थप २३.५ मेगावाट निर्यात अनुमति

साढे पाँच महिनामा १० अर्ब ३८ करोडको विद्युत् निर्यात, थप २३.५ मेगावाट निर्यात अनुमति

वि.सं.२०७९ मंसिर २ शुक्रवार २०:५२

काठमाडौं  । यस वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब...

बरुण हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड

बरुण हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०७९ मंसिर २ शुक्रवार १२:३५

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले कार्तिक १४ गतेदेखि कार्तिक...