काठमाण्डौं । साताको तेस्रो दिन मंगलबार आज फेरि सुनको भाउ बढेको छ। सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ बढ्दै ५८ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सोमबार सुन ५८ हजार ५ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै चाँदी भने आज स्थिर रहँदै हिजोकै भाउ ९ सय रुपैयाँमा कारोबार भएको छ।
४ साउन २०७३, १२।००
वि.सं.२०७३ साउन ४ मंगलवार १२:५२ मा प्रकाशित