
काठमाण्डौं । टाटा मोटरको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ बस टाटा एलपीओ १६१८/६२ बजारमा ल्याएको छ । १२ मिटर लामो यो बस काठमाडौ स्वयम्भु स्थित मन्जुश्री यातायात सेवा समितिले पाँच वटा किनेको छ ।
मञ्जुश्रीले काठमाडौं दिल्ली र काठमाडौं बनारस बस सेवा संचालन गर्दै आएको छ । क्युमिन्स ट्रर्बो र इन्टरकुलर डिजेल इन्जिनको शक्ति रहेको कम्पनीले जनाएको छ । १८० हर्ष पावर भएको यो गाडीमा नुमेटिक सस्पेन्सन, स्लिपर वर्थ र ४५ रिक्लाइनिङ सिट क्षमताको छ ।
उच्चकार्यक्षमता र आरामदायीयात्राको ग्यारेण्टी यो गाडीले गर्छ । यो बसमा एन्टी ब्रेकिङ्ग सिस्टम, भोइथ हाइड्रोडाइनामिक रिटार्डर लगायतका विशेषता छन् । १८० हर्ष पावर र ६७५ एन.एम. टर्कको इञ्जिनले अप्ठ्यारा, पहाडी क्षेत्रमा पनि सहज रुपले गाडीले भार बहन गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ ।
४ साउन २०७३, १.४५
वि.सं.२०७३ साउन ४ मंगलवार १३:३७ मा प्रकाशित