back
mega bank Ad
Hero Ad

एनआईसी एशियाको प्रगति विवरण सार्वजनिक, एक अर्ब सात करोड रुपैयाँ नाफा !

काठमाण्डौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षमा एक अर्ब सात करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएकोछ । बैंकले हिजो बुधबार बाणिज्य बैंकतर्फ सबैभन्दा अगाडि बित्तीय बिबरण प्रकाशित गरेर खुद नाफामा ५७ प्रतिशतले बढोत्तरी गरेको देखाएको छ ।

गत वर्ष बैंकले ६८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यो वर्ष दुई वटा बाणिज्य बैंक एनआईसी र बैंक अफ एशिया गाभिएर बनेको एनआईसी एशियाले नाफामा उल्लेख्य बृद्धि गरेको हो ।

बैंकले प्रस्तुत गरेको प्रगति विवरण अनुसार गत वर्ष बैंकले निक्षेपमा १६ अर्ब रुपैयाँ बढाएर ६९ अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै कर्जा पनि १६ अर्ब रुपैयाँ नै बृद्धि गरेको छ । निक्षेप र कर्जामा गरेको बृद्धिले आम्दानीमा सकारात्मक प्रभाव परेको हो ।

बैंकले खुद व्याज आम्दानी नै ४० करोड रुपैयाँ बढाएको छ । गत आर्थिक वर्षमा बैंकले व्याज आम्दानी एक अर्ब ९७ करोड रुपैयाँ पुर्यायो । त्यस्तै विदेशी विनिमय कारोबारबाट १६ करोड रुपैयाँ कमाएको छ ।

५ साउन २०७३, ९।००

वि.सं.२०७३ साउन ५ बुधवार ११:२१ मा प्रकाशित

You can share this post!

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

वि.सं.२०७९ मंसिर ११ आइतवार २०:४५

काठमाडौं  । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते...

सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल सम्मानित

सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल सम्मानित

वि.सं.२०७९ मंसिर ११ आइतवार १९:०४

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड आर्थिक वर्ष २०७७/७८ मा सेवा...

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १७:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई छनोट...

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:५१

काठमाडौं ।  दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ...

बैदेशिक रोजगारीमा जानेले  आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

बैदेशिक रोजगारीमा जानेले आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:४६

काठमाडौं । बैदेशिक रोजगारीमा जानेको लागि आईपीओ भर्न बाटो खुलेको...