back
NMB ad

गहना धितो राखेर बन्यो सडक, २५ लाखसम्मको सुन्तला निर्यात हुने !

Kumari bank ad

म्याग्दी । जिल्लाको भकिम्ली गाविस–५ राखुका महिलाले गहना धितो राखेर गाउँलाई सडक सञ्जालसँग जोडेका छन् ।

न्यमिगाउँमा उत्पादित सुन्तला निकासी, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री ढुवानीका साथै आवतजावत गर्न समस्या भएपछि महिलाको सक्रियतामा सडक निर्माण भएको हो ।

५० लाखको लागतमा भकिम्लीको जयन्ती मावि हुँदै राखु गाउँ भएर नयाँपुल जोड्ने सडकको ट्र्याक खोल्ने कार्य यसै हप्ता सकिएको उपभोक्ता समितिका सचिव डेकबहादुर घर्तीमगरले बताए ।

उनका अनुसार भकिम्ली गाविस कार्यालयले पाँच लाख सहयोग गरेको सडक योजनाका लागि स्थानीयवासी महिलाले बैंकमा सुन धितो राखेर रु १२ लाख ऋण जुटाएका थिए ।

राखु आमा समूहकी अध्यक्ष मनकुमारी पुन, भीमकुमारी घर्ती, शोभा रोका, लीला पुन, हरिमाया आलेलगायत १३ जना महिलाले बेनीस्थित गरिमा विकास बैंकको शाखामा करिब २० तोला सुन धितो राखेर सडक उपभोक्ता समितिलाई ऋण जुटाउन सहयोग गरेका हुन् ।

“गाउँमै सडक नपुगेपछि शरीरमा सुन लगाएर केही हुँदैन” – आमा समूहकी अध्यक्ष मनकुमारी पुनले भनिन्– “सडक पुगेपछि गाउँमै फलेको सुनलाई बजारमा लैजान सक्छौँ ।” वार्षिक करिब रु २५ लाखसम्मको सुन्तला निर्यात हुने राखुमा सडकको अभावले ढुवानीमा समस्या भएको थियो ।

बैंकबाट लिएको सहित उपभोक्ता समितिलाई सडक निर्माण गर्न रु २५ लाख ऋण लागेको छ । भिरालो भूगोल र चट्टानी पहाडमा घुमाउरो सडक निर्माण गर्दा दूरी थोरै भएपनि लगानी धेरै भएको हो । सडक निर्माणका लागि राखुमा बसोबास गर्ने ६५ घरधुरीले ५० हजारदेखि रु एक लाखका दरले चन्दा सङ्कलन गरिरहेका छन् ।

सडक सञ्जालसँग जोडिएपछि राखु गाउँमा उत्पादित सुन्तला निकासी गर्न, दैनिक उपभोग्य वस्ता र निर्माण सामग्री ढुवानी तथा आवतजावत गर्न सहज भएको छ । राखु गाउँमा १० हजार सुन्तलाका बिरुवा रोपिएको छ । राखुवासीले सुन्तलाखेतीलाई मुख्य आयस्रोत बनाएका छन् ।

५ साउन २०७३, १०।००

वि.सं.२०७३ साउन ५ बुधवार १२:२८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...