काठमाण्डौं । एनआईसी एशिया बैंकले हकप्रद नभर्ने लगानीकर्ताको चार लाख ३३ हजार ९०१ कित्ता साधारण सेयर बोलकबोलबाट बेच्ने भएको छ । हकप्रद नभर्ने लगानीकर्ताको सेयर बैंकले बोलकबोलबाट बेच्न लागेको हो । यसका साथै बैंकले ५५ कित्ता सस्थापक सेयर पनि बोलकबोलबाट विक्री गर्ने जनाएको छ ।
गत महिना यो कम्पनीले हकप्रद सेयर निष्कासन गरेको थियो । अब यसरी बिक्रीमा आएको सेयरमा जसले बढी मूल्य हाल्न चाहन्छ ती लगानीकर्ताले किन्न पाउँछन् । बैंकले बिक्रीमा राखेको यो सेयरमा न्युनतम एक सय रुपैयाँ मूल्य तोकेको छ । यो मूल्यमा बढाबढ गरेर लगानीकर्ताले बोलपत्र भर्न पाउँछन् ।
लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतम १०ले भाग जानेगरि सबै कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । साउन २० गतेसम्म लगानीकर्ताले आवेदन दिन पाउने र २१ गते बाँडफाट गर्ने जानकारी बैंकले दिएको छ । यो सेयरको धितोपत्र निश्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट नियक्त भएको छ ।
वि.सं.२०७३ साउन ६ बिहीवार ११:४३ मा प्रकाशित