काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेर तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
हिजो बिहीबार सुन ५८ हजार २ सय रुपैयाँ कायम भएको थियो । केही दिनयता सुनचाँदीको भाउ तलमाथि हुने क्रम जारी छ ।
त्यस्तै चाँदीको भाउ हिजो २५ रुपैयाँ कम भएपनि आज फेरि १५ रुपैयाँ बढेको छ । हिजो ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ९० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार चाँदी ९ सय रुपैयाँ कायम थियो ।
प्रकाशितः २०७३ साउन ७
वि.सं.२०७३ साउन ७ शुक्रवार १२:१३ मा प्रकाशित