काठमाण्डौं । मेगा बैंक नेपालमा मेनेजरदेखि एसिस्टेन्ट लेभलसम्मका लागि जागीर खुलेको छ । बैंकले मेनेजर १ जना, अफिसर लेभलका कर्मचारी ६ जना र एसिस्टेन्ट लेभलका १२ जना गरी १९ जनाका लागि दरखास्त आह्वान गरेको हो ।
कसरी बुझउने आवेदन ?
आवेदन दिनका लागि बैंकको काठमाडौँ कमलादीस्थित केन्द्रिय कार्यालयको ह्युमन रिसोर्स डिपार्टमेन्टकोे पो.ब.नं. २६५५९ मा खामबन्दी गरिएको एप्लिकेसन लेटर (अपेक्षित पारिश्रमिकसहित), एसएलसीदेखिको प्रमाणपत्र, नागरिकताको फोटोकपि, हालसालै खिचेको पासपोर्ट साइजको फोटो १ कपि, अपोइन्टमेन्ट लेटर र काम गरेको अनुभव दर्शाउने प्रमाणपत्रसहित ३ अगस्ट अर्थात साउन १९ गतेभित्रमा पठाइसक्नुपर्नेछ ।
प्रकाशितः २०७३ साउन ७
वि.सं.२०७३ साउन ७ शुक्रवार १३:२१ मा प्रकाशित