back
NMB ad

मेगा बैंकले दिने भयोे, २५ प्रतिशत हकप्रद सेयर दिने

Kumari bank ad

काठमाडौं । मेगा बैंकले सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर दिने भएको छ । यसका लागि औपचारिक प्रक्रिया अघि बढिसकेको बैंकले जनाएको छ । बैंकले सातौं वर्षमा प्रवेस गरेको अवसरमा चुक्ता पुँजी बढाउनका लागि हकप्रद सेयर दिने घोषणा गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अलि शाहले राष्ट्र बैंकको नियमअनुसार संस्थापक सेयरलाई साधारण सेयरमा रुपान्तरण गरिसकेको जानकारी दिए । योसँगै लगानीकर्ताहरुको लगानी गर्ने क्षमता अभिवृद्धि गरेको उनले बताए ।

त्यसैगरी, बैंकलाई देशकै अग्रणी बैंकका रुपमा उभ्याउन मर्जर र एक्वायरलाई प्राथमिकता दिइने भएको छ । मर्जर बाहेक हकप्रद सेयर जारी गरेर राष्ट्र बैंकले तोकेको समयमा तोकेको चुक्ता पुँजी पुर्‍याउने योजना रहेको बैंकका अध्यक्ष भोजराज शाहले बताए ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको थियो । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ८४ करोड रुपैयाँ छ । बैंकले राष्ट्र बैंकले तोकेको समयमा चुक्ता पूँजी पुर्याउन मर्जर वा एक्वायरमा जानुपर्ने देखिन्छ ।

प्रकाशितः २०७३ साउन ८

वि.सं.२०७३ साउन ८ शनिवार १०:०० मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...