back
NMB ad

घट्न थाल्यो तेलको मुल्य

Kumari bank ad

काठमाडौं । कच्चा तेलको मूल्यमा शुक्रबार गिरावट आएको छ । अमेरिकाबाट प्रकाशित तथ्याङ्क र रिर्पोटहरुका अनुसार, इराकबाट हुने कच्चा तेलको आपूर्तिमा वृद्धि भएको छ र यसकारण तेलको मूल्यमा गिरावट आएको हो ।

विश्लेषकहरुका अनुसार, जमीन र जमीन मुनी दुवैमा तेलको संचय बढेकाले, माग र आपूर्तिमा असन्तुलन आएको हो ।
हालका दिनहरुमा अमेरिकी तेल उत्पादन घटेको भए तापनि भण्डारण भने निकै बढेको छ । ईनर्जि इन्फरमेसन एडमिनिस्टे«शनका अनुसार तेलको भण्डारण वृद्धि भई यस वर्षकै उच्च ५१९ दशमलव ५ मिलियन ब्यारेल पुगेको छ ।

गत बुधबार ई।आई।ए। ले १५ जुलाई २०१६ सम्मका लागि तेलको भण्डारण २ दशमलव ३ मिलियन ब्यारेलले घटेको साप्ताहिक रिर्पोट प्रकाशित गरेको थियो । रिपोर्टका अनुसार जुलाई महिनामा ईराकी तेल आपुर्तिमा अझ वृद्धि हुनेछ । यस वृद्धिले इराकलाई ओपेक राष्ट्रहरुको तेल निर्यातकर्ताको सूचिमा साउदि अरेविया पछि दोश्रो स्थानमा पु¥याउने छ । २१ जुलाई सम्मको तथ्याङ्क हर्दा, कच्चा तेलको प्रति दिनको औसत आपूर्ति ३ दशमलव २८ मिलियन ब्यारेल पुगेको छ । जून महिनामा औसत आपूर्ति ३ दशमलव १८ मिलियन ब्यारेल कायम रहेको थियो ।

यो समाचार तयार पार्दा सम्म, कच्चा तेलको मूल्य घटेर अमेरिकी डलर ४४ दशमलव २४ प्रति ब्यारेल पुगेको थियो, जुन ११ मे २०१६ यताकै न्युन मूल्य हो ।

प्रकाशितः २०७३ साउन ८

वि.सं.२०७३ साउन ८ शनिवार १०:४१ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...