back
mega bank Ad
Hero Ad

छापामार शैलीमा झलनाथलाई प्रधानमन्त्री बनाएँ –प्रचण्ड

राजनीति सम्भावनाको खेल
नौ महिना केही दिनपहिले यसै रोस्टमबाट तत्कालीन माननीय सदस्य केपी ओलीलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव राखेको थिएँ । त्यतिवेला भनेको थिएँ– राजनीतिक सम्भावनाहरूको खेल हो । अहिले फेरि भन्दै छु– राजनीति सम्भावनाको खेल हो । असम्भव भन्ने राजनीतिमा हुँदैन भन्दै अविश्वास प्रस्ताव टेबुल गर्दै छु ।

आफैँलाई किन ढाट्ने ?

संविधानको धारा २९८ को उपधारा १ बाहेक अरू अन्तरिम संविधानको फोटोकपीजस्तै हो । हामीले त्यसअन्तर्गत कतिपटक सरकार बनायौँ रु प्रधानमन्त्री हट्ने कुरा पनि अन्तरिम संविधानमै छ । चुन्ने व्यवस्था पनि त्यहीँ छ । अहिलेको संविधानले नयाँ सरकार बनाउन सक्ने व्यवस्था छैन भन्नु कसलाई झुक्याउन खोजेको हो रु आफैँलाई हो कि अरूलाई रु

भद्र सहमति पार्टीहरूले प्रयोग नगर्दा नै हुने भयो

जेन्टलमेन्ट एग्रिमेन्ट (भद्र सहमति) भन्ने विषय अहिले दलहरूबीच अविश्वासको कारण बन्न पुगको छ । भद्र सहमति भन्ने कुरा नेपालका राजनीतिक पार्टीहरूले प्रयोग नगर्दा नै राम्रो हुन्छ । त्यसले दलहरूको सम्बन्धमा खटपट भएको छ । अप्ठ्यारो स्थिति पैदा भएको छ ।

सर्पाइज्डमा झलनाथ प्रधानमन्त्री

निर्वाचनमा पराजित माधव नेपालाई मैले नै संसद्मा चाहिन्छ भनेर चिठी लेखेर ल्याएको हो । पछि त उहाँ प्रधानमन्त्री हुनुभयो । पछि झलनाथ खनाल सप्र्राइज्ड तरिकाले प्रधानमन्त्री हुनुभयो । छापामार शैलीमा उहाँलाई प्रधानमन्त्री बनाइयो । तर, खोलो तरेर लौरो नभुलौँ । जे हो दिन कञ्जुस्याइँ नगरौँ । एमालेको तीनजना प्रधानमन्त्री हुनुभयो । अर्को पनि लाइनमा हुनुहुन्छ ।

भूकम्पपछि धर्ती टेकियो

गिरिजाप्रसाद कोइरालाको आवश्यकतालाई अवमूल्यन गर्यौँ कि । हिजो हामी ठूलो पार्टी भएर सबै खान खोज्दा हाम्रो हातमा केही रहेन । अहिले झन्डै कांग्रेसको त्यस्तै छ । अब बिस्तारै एमालेको पालो । अब यसको समीक्षा गर्ने कि नगर्ने रु हामीले धर्ती छाड्दा र टेक्दा के हुँदोरहेछ थाहा हुनुपर्छ । भूकम्पपछि हामीले धर्ती टेकेका थियौँ । नयाँ सरकारपछि फेरि उही चिज भएको छ ।

धकेलेर बाध्यतामा पुर्‍याइयो

एक दिन उहाँ ९केपी ओली०ले भन्नुभयो– ‘मन्त्रीहरूले टेर्न छाडे, म त निरीह भएँ ।’ मैले भनेँ– ‘निरीह त म भएँ । तपाईंले हाम्रा मन्त्रालयमा पनि हस्तक्षेप गरेर नियुक्ति गर्ने काम भयो । निरीह त हामी पो भयौँ ।’ यो गठबन्धन तोडिहाल्ने इच्छा मेरो थिएन । एमालेका नेताहरूको सिंगो टिम बसेर जे समझदारी भएको थियो । त्यसमा उहाँले सहज बाटो दिनुपर्थ्यो ।

प्रधानमन्त्रीकै शब्दमा इन्भ्यालिड गरेर जाने काम भयो । मलाई मात्रै गोप्य भनेर पनि भन्नुभएको होइन, उहाँले एउटा कुरा भन्नुभयो, ‘या त तपाईं एक्सन लिनुस् या म लिन्छु । तैँले लिन्नस् भने मैले लिन्छु ।’ यो अविश्वास प्रस्ताव दर्ता गर्ने कि मन्त्रीलाई कारबाही गर्ने भन्नेसम्मका कुरा भए । हामीलाई धकेलेर बाध्यतामा पुर्‍याइयो, यहाँ ठूलो राजनीतिक द्वन्द्वको अवस्था नआओस् । फेरि पनि संवाद र सहकार्यमा जान सकौँ ।

भाषण चल्दोरहेनछ

नौबुँदे सहमति र तीनबुँदे समझदारीप्रति उहाँ ९केपी ओली०को सार्वजनिक टिप्पणीप्रति झनै शंका भयो । अब यही रूपमा लिन सकिन्न । प्रधानमन्त्रीले यो भनेको विषय प्रतीकात्मकजस्तो भयो । नौ महिनापछि थाहा भयो । भाषणले देश चल्दोरहेनछ । पानीजहाज, ग्यासका कुरा भन्न सजिलो, गर्न समस्या भएपछि उहाँले सरकार पनि गइदिए हुन्थ्योजस्तो लागेको हुनुपर्छ । ओलीजी नेतृत्वको सरकारसँग माओवादी केन्द्रको भद्र सहमति भयो । त्यसले साह्रै नमीठो वातावरण तयार पा(यो । सहमतिको अपेक्षा पूरा हुन सकेन ।

राजतन्त्रसँग लगनगाँठो

प्रधानमन्त्रीलाई गणतन्त्रप्रति पनि रुचि देखिँदैन । राजतन्त्र भन्नेहरूसँग उहाँको लगनगाँठो कसिएको छ । आजको युगमा हामीले आन्तरिक एकता सुदृढ नगरी राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्न सकिँदैन । सरकारको नेतृत्वमा अन्तर महसुस गर्दै गएँ । एकताभन्दा पनि इरिटेसनमा लैजाने काम भयो । खतरा देखापर्‍यो । यो संवेदनशील छ । परिवर्तनका एजेन्डा संघीयता, गणतन्त्रको बीचमा पनि सरकारको नेतृत्व र हाम्रोबीचमा अन्तर देखा परे । प्रधानमन्त्रीले एउटा कुरा खुलमखुला भन्नुभएको छ । मलाई संघीयता मनपरेको छैन । यो बाध्य भएर गरिएको हो ।

प्रधानमन्त्रीमा दम्भ देखियो

प्रधानमन्त्रीले म आफैँ पूर्ण छुजस्तो गर्नुभयो । संयुक्त सरकार हो, केही प्रतिबद्धतासहितको सरकार हो भन्दा पनि एकल सरकार हो भन्ने उहाँमा महसुस भयो । उहाँको कार्यशैलीमा अहंकार र दम्भ देखियो । सरकारभित्रका पार्टीहरूको समस्यालाई सामूहिक ढंगले समाधान गर्नेभन्दा उपयोग गर्नेतिर उहाँ चल्नुभयो । त्यो एकताको निम्ति बाधक हुने त होइन भन्ने भयो ।

राष्ट्रियतामाथि प्रश्न उठाउनु विडम्बना

अविश्वास प्रस्ताव दर्ता गर्नासाथ दल र नेताविशेषमाथिको राष्ट्रप्रतिको निष्ठामाथि प्रश्न उठाउने कोसिस गरिएको छ । कोही पनि राजनीतिक दलप्रति राष्ट्रियताप्रति प्रश्न उठाउनु विडम्बना हुन्छ । थोरै अन्तर आउनासाथ कसैको राजनीतिक निष्ठा र आस्थामाथि अनर्गल प्रचारबाजी गर्ने काम हुन्छ । यो राजनीतिक प्रक्रियामा एउटा नयाँ राष्ट्रिय एकताको संकल्प गरेका छौँ । अग्निपरीक्षा पास गरेर यहाँ आएका हौँ । कसैलाई अपमानित गर्ने मेरो कुनै मनसाय छैन । देश अहिले पनि अप्ठेरोमा छ । अहिले पनि हामीले गर्ने कुरा धेरै छन् । त्यसको लागि राष्ट्रिय एकता गर्नुपर्ने हुन्छ ।

अन्तर बढ्यो

यसबीचमा केपी ओली र हाम्राबीचमा अन्तर थिए नै । घट्छ कि बढ्छ भन्ने थियो । तर, यो नौ महिनामा काम गर्ने सोच र तरिकामा पनि अन्तर रहेछन् भन्ने अनुभव गरेँ । प्रधानमन्त्रीले सहमति बिर्सिए हामीले एउटा अप्ठेरो अवस्थामा समीकरण बनाएका थियौँ । संविधान निर्माणको प्रक्रिया होस् या पुनर्निर्माण, नाकाबन्दीको सामना या मधेसको मुद्दा सम्बोधन गर्ने विषयमा छलफल भए । तर, छलफल अघि बढ्दै जाँदा अन्तर अलि बढी नै रहेछ । प्रधानमन्त्री ओलीजीसँग भएका सहमति उहाँले बिर्सँदै जानुभयो वा माओवादीलाई भर्‍याङ बनाएर कमजोर बनाउने रणनीति भन्ने हामीले बुझ्यौँ ।

शान्तिप्रक्रिया महत्वपूर्ण

माओवादी केन्द्रको निम्ति शान्तिप्रक्रिया निष्कर्षमा पु(याउनु र गणतन्त्रको मान्यतालाई जनताको जीवनमा स्थापित गर्ने चुनौती अझै बढी छ भनेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै आएकै हो । यो कुरा उहाँहरूलाई राम्रोसँग थाहा छ । प्रधानमन्त्रीसँग कुनै व्यक्तिगत कटुता छैन । हाम्रा व्यक्तिगत कुरा केही भएनन् । देश र जनताप्रति कसरी जाने भनेर छलफल ग¥यौँ । हिजो पनि सत्तारुढ दलका नेताहरूसँग पटक–पटक भन्ने गरेको थिएँ– नेपालको अहिलेको राजनीतिक प्रक्रियामा माओवादी केन्द्र भिन्न प्रक्रियाबाट आएको हो । यसका केही विशिष्ट आवश्यकता र चिन्ता छन् । सबैभन्दा ठूलो चिन्ता शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याउनु हो ।

प्रचण्डले सदनमा दिएको मन्तव्यको सम्पादित अंश, नयाँ पत्रिका दैनिकबाट

प्रकाशितः २०७३ साउन ८

वि.सं.२०७३ साउन ८ शनिवार ११:३३ मा प्रकाशित

You can share this post!

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण

मुद्रास्फीति १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:०६

काठमाडौं । आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण एक अध्ययनले गरेको...

राप्रपा फुटाएका कमल थापाको नयांँ पार्टीलाई समानुपातिकमा ३३९१ मत

राप्रपा फुटाएका कमल थापाको नयांँ पार्टीलाई समानुपातिकमा ३३९१ मत

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशनमा अध्यक्षको चुनाव हारेपछि...

अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र

अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १४:४४

काठमाडौं । विवेकशील साझा पार्टीले आम निर्वाचन २०७९ मा समानुपातिकतर्फ...

कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब

कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १४:३९

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइरहेका...

बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना

बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १४:१७

काठमाडौं । बाजुरापछि दोलखामा पनि मतगणना रोकिएको छ । बाजुरामा...

चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्षसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्षसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १३:२७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्षसहित...