back
mega bank Ad
Hero Ad

धितोपत्रको ओटिसी कारोबारमा लाग्ने शुल्क ९० प्रतिशत घट्यो

काठमाडौं । काठमाडौं । नेपाल धितोपत्र बोर्डले ओभर द काउन्टर बजार (ओटीसी) कारोवारको सेवा शुल्कमा भारी गिरावट गरेको छ । बोर्डले ओटीसी बजारको सेवाशुल्क ९० प्रतिशतसम्म घटाएको छ ।

नयाँ व्यवस्था अनुसार २५ हजार रुपैयाँसम्मको कारोबारमा नेप्सेलाई ०.२० प्रतिसत मात्रै बुझाउनु पर्नेछ । यस अघि यस्तो शुल्क दुई प्रतिसत लाग्ने गरेको थियो । यसमा कुल ९० प्रतिसत शुल्क घटेको हो ।

त्यस्तै २५ हजार एक रुपैयाँ देखि ५० हजार रुपैयाँसम्मको कारोबारमा ०।१८ प्रतिसत शुल्क लाग्नेछ । यो कारोबारमा ८८ प्रतिसत शुल्क घटाइएको हो । त्यस्तै ५० हजार एक देखि माथिको कारोबारमा ०।१५ प्रतिसत शुल्क लाग्ने छ । यो कारोबारमा ८५ प्रतिसत शुल्क घटाइएको जानकारी पनि बोर्डले दिएको छ ।

केही समय अघि बोर्डले कम्पनी रिजष्ट्रारको कार्यालयलाई उक्त कार्यालयमा दर्ता भएका तर सुचिकरण नभएका पब्लिक कम्पनीको धितोपत्र कारोवार हुने व्यवस्था मिलाउन पत्राचार गरेको थियो । सोही अनुरुप हाल बोर्डले ओटीसी बजारलाई अघि बढाइरहेको छ ।

कति घट्यो ओटिसि कारोबार शुल्क?
otc

  प्रकाशितः २०७३ साउन ८

वि.सं.२०७३ साउन ८ शनिवार १२:०८ मा प्रकाशित

You can share this post!

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न ।

वि.सं.२०७९ मंसिर १० शनिवार १५:२४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता...

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

निफ्राको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

वि.सं.२०७९ मंसिर १० शनिवार ०७:१९

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को वार्षिक साधारण सभा...

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

अजोड इन्स्योरेन्सको साधारण सभा आज, यस्ता छन् एजेण्डा

अजोड इन्स्योरेन्सको साधारण सभा आज, यस्ता छन् एजेण्डा

वि.सं.२०७९ मंसिर ९ शुक्रवार ११:१९

काठमाडौं । अजोड इन्स्योरेन्सले विशेष साधारणसभा आज बस्दै छ ।...

नेशनल लाइफको अभिकर्ता सम्मान तथा बिक्रय कला प्रशिक्षण कार्यक्रम सम्पन्न ।

नेशनल लाइफको अभिकर्ता सम्मान तथा बिक्रय कला प्रशिक्षण कार्यक्रम सम्पन्न ।

वि.सं.२०७९ मंसिर ९ शुक्रवार ११:१२

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको धनगढी...