back

बिदेश जानेको संख्या घटयो, कारण के ?

Kumari bank ad

काठमाडौ । गत आर्थिक वर्ष २०७२/०७३ मा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या उल्लेख्यमात्रमा घटेको छ । उक्त अबधिमा अघिल्लो आ.व. भन्दा ९४ हजार १ सय ७४ कम नेपाली बिदेसिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार आ.व. २०७१/७२ मा पाँच लाख १२ हजार ८ सय ८७ जना वैदेशिक रोजगारीमा गएकामा गत आ.व.मा सो सङ्ख्या घटेर चार लाख १८ हजार ७ सय १३ पुगेको छ । यो अघिल्लो वर्षभन्दा १८ प्रतिशतले कम हो ।

विभागका प्रवक्ता मोहन अधिकारीका अनुसार भूकम्पपछि पुनःनिर्माणका लागि स्वदेशमै अवसर हुनु, नाकाबन्दी, मलेसियाको आकर्षण घट्नु, निःशुल्क टिकट र प्रवेशाज्ञा पछि व्यवसायीको आन्दोलन लगायतका कारण बिदेशिने नेपालीको संख्या घटेको छ ।

गत आव २०७२/७३मा सबैभन्दा बढी साउदी अरबमा नेपाली रोजगारीमा गएका छन् जसअनुसार साउदी अरबमा एक लाख ३८ हजार ५२९, कतारमा एक लाख २९ हजार ३८, मलेसियामा ६० हजार ९७९, संयुक्त अरब इमिरेट्स (दुबई) ५२ हजार ७९३ र दक्षिण कोरियामा सात हजार ४३२ जना वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये पुरुष तीन लाख ९९ हजार ४०६ र महिला १९ हजार ३०७ जना रहेका छन् ।

त्यसअघिको आव २०७१÷७२मा मलेसियामा दुई लाख दुई हजार ८२८, कतारमा एक लाख २४ हजार ३६८, साउदी अरब ९८ हजार २४६, दुबई ५३ हजार ६९९ र कुबेतमा नौ हजार ६६८ जना वैदेशिक रोजगारीमा गएका थिए । तीमध्ये पुरुष चार लाख ९० हजार ८५९ र महिला २२ हजार २८ जना छन् ।
अघिल्ला वर्षहरुमा कामदारको पहिलो रोजाइ बन्ने गरेको मलेसिया गएको वर्ष तेस्रो रोजाइमा झ¥यो ।

मलेसियाको सम्बन्धमा बायोमेट्रिक प्रणाली, भिएलएन, माइग्रामजस्ता नाममा कामदारबाट बढी रकम असुलिएका कारण कामदार घटेको बताइएको छ ।

बङ्गलादेशी नागरिकहरुले नेपालीको नाममा सामाजिक सञ्जालमार्फत मलेसियाको सम्बन्धमा नकारात्मक प्रचार गरेका कारण पनि त्यहाँ जाने नेपाली घटेको बताइन्छ ।

२०७२ वैशाख १२ को भूकम्प, सोही वर्ष असार २१ गतेदेखि सरकारले लागू गरेको निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्थाजस्ता कारण बिदेसिने नेपालीको सङ्ख्या घटेपछि यसले नेपालमा भित्रिने विप्रेषण घट्ने र अर्थतन्त्र कमजोर बन्ने अनुमान गरिएकोे छ ।

प्रकाशित मिति ः २०७३ साउन ८

वि.सं.२०७३ साउन ८ शनिवार २१:१८ मा प्रकाशित

You can share this post!

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित   

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:३२

बेइजिङ, २५ मङ्सिर : आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार...

हुलाकी सडकले फेरिँदै जनजीवन   

हुलाकी सडकले फेरिँदै जनजीवन   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:२३

भेषराज बस्नेत राँझा (बाँके), २५ मङ्सिर : बाँकेको राप्ती सोनारी...

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...