back
NMB ad

निजगढ विमानस्थल सरकार गिराउने कारक : भट्टराई

Kumari bank ad

काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले निजगढ विमानस्थल राजनीतिक दाउपेचको निशाना बन्दै गएको प्रतिकृया दिएका छन् । यतिबेला सरकार बन्ने र गिराउने सम्मको खेलमा निजगढ विमानस्थल समेत जोडिएको दावी गर्दै नेता भट्टराइले यसमा अन्तराष्ट्रिय शक्तीहरु लागेको आरोप लगाए ।

निजगढ निर्माण भए छिमेकी देशहरुको कतिपय विमानस्थलमा आवागमन कम हुने अवस्था आउन सक्ने भएकाले पनि यसलाई हरदम छेक्ने प्रयत्न भएको भट्टराईको भनाइ छ ।

नेकपा एमाले पर्यटन इलाका कमिटीको आयोजनामा शनिबार काठमाडौमा आयोजित दागम्बु स्मृति पुरस्कार प्रदान समारोहको प्रमुख आतिथ्य ग्रहण गर्दै भट्टराईले लुम्विनी र पोखराको पर्यटनले मात्र सिंगो मुलुकको पर्यटनलाई धान्न नसक्ने र निजगढ विमानस्थल बनाउनै पर्ने बताए ।

यतिबेला यही कारण सरकार बन्ने र गिराउने सम्मको खेलमा निजगढ समेत जोडिएको दावी गर्दै नेता भट्टराइले यसमा अन्तराष्ट्रिय शक्तीहरु लागेको बताए ।

उनले भने “सरकार ढाल्ने एउटा कारण यो पनि हो । जे भए पनि हामीले निजगढ बनाएरै छाड्छौं ।” अर्को प्रसंगमा भट्टराइले नेपालमा पर्यटनका विविध सम्भाावना रहेको बताउँदै धार्मिक, साँस्कृतिक विविधता युक्त पर्यटकिय स्थलहरुको अधिकतम विकास र प्रवद्र्धन गर्नु आवश्यक रहेको बताए ।

परम्परागत पर्यटनको मात्र कुरा गरेर नहुने भन्दै उनले भने “आजको दुनियाँमा विभिन्न मुलुक मेडिकल टुरिजमबाट लाभ लिँदै छन् । नेपालमा ज्यादै राम्रो हावापानी छ, मौसम ठिक छ, नेपाल शान्त पनि छ यसको फाइदा हामीले पनि लिनु पर्दछ ।”

७ साउन २०७३

वि.सं.२०७३ साउन ८ शनिवार २१:४० मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...