back
NMB ad

कालिमाटी तरकारी बजारमा किन चल्यो बुलडोजर…

Kumari bank ad

हरिशरण न्यौपाने,
काठमाडौ । कालिमाटी तरकारी तथा फलफुल बजार विकास समितिमा आईतबार एक्कासी बुलडोजर चल्यो ।

बजार परिसरमा निलो ड्रेसमा सजिएका प्रहरीको ठूलो संख्या, सेता ड्रेसमा सजिएका बजार विकास समितिका प्रतिनिधि, पत्रकारहरु, व्यवसायीक संघसंस्थाका प्रतिनिधि त्यहाँ रमिते बनेर हेरिरहेका थिए ।Kalimati Tarkari BazaR1

बुलडोजर आफ्नै गतिमा चलिरहेको थियो ।

Kalimati Bazar 8

कोही तरकारी बजारको छानोमा बसेर जस्ता, टिनहरु निकाल्दै थिए । पसलका अन्य संरचना धमाधम भकाईरहेका थिए । कोहि बजारको बाटो छेउछाउमा टिन र पालले बेरिएका पसलहरु हटाईरहेका थिए । कुरो के रहेछ ? हामी बुझ्दै गयौं ।Kalimati Tarkari BazaR2

Kalimati Tarkari BazaR5

जब हामी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेल कहाँ पुग्यौं अनि बल्ल थाहा भयो बजारमा विभिन्न ८ वटा स्थलमा टहरा, पसल बनाएर व्यवसायीहरु स्थान अतिक्रमण गरेर बसेका रहेछन् । अनि बुलडोजर चलेको रहेछ । पौडेलका अनुसार, यो कालीमाटी बजार सुधार अभियान जसको थालनी आजबाट भईरहेको छ । उनी भन्दै थिए, ʽयहाँभित्र भएका अव्यवस्थित बनेका बजारलाई व्यवस्थित गर्न लागेका हौं । बजार विकास समिति सँग सम्झौता नगरिएका र अनधिकृत रुपमा कब्जा गरि संरचना तयार गरि बसेका व्यवसायलाई हामी खाली गराउँछौं । बजार लथालिङग महशुस हुन थालेपछि विभिन्न चरणको छलफल पछि सबैको सहमतिमा बजार व्यवस्थित गर्न समितिको नियन्त्रण बाहिरका संरचना हटाएर सुरुवात गरियो ।ʼ

यो विषयमा आफुलाई पिडीत बताउने आलु प्याजको व्यापार गर्दै आएका सुरेन्द्र श्रेष्ठ भने आफुहरुको समस्या सुनुवाई गर्ने यो बजारमा कोहि पनि नभए पछि बाध्य भएर अनियमितरुपमा बस्दै आएको स्विकार गरे । उनको भनाई अनुसार बजारमा धेरै सुधार गर्नुपर्ने खाँचो छ ।

Kalimati Tarkari BazaR7

समितिले निर्धारण गरेको भन्दा बाहिर पसल व्यवसाय संचालन गर्न पाईदैन भन्दै समितिका उप–कार्यकारी निर्देशक विनय श्रेष्ठ भन्दै थिए हामीले ११ वटा बुँदामा कालिमाटी तरकारी बजारलाई सुधार गर्नेर्छाैं ।
–स्थान अतिक्रमण गर्ने काम बन्द गर्ने ।
–अतिक्रमित संरचनालाई हटाउने ।
–सरसफाई गर्ने ।
–सडक पेटीमा सामान राखेर बिक्री गर्नेलाई हटाउने ।
–निर्धारित स्थान भन्दा बाहिर सामान बिक्री गर्नेलाई हटाउने ।
–कृषकलाई छुट्याईको ठाउँमा व्यवसायीले गरिरहेको बिक्री वितरण बन्द गर्ने ।
–गैर कृषक आएर बिक्री गर्नेलाई निरुत्साहित गर्ने । आदि ।

देशकै सबैभन्दा ठूलो कालिमाटि तरकारी तथा फलफूल बजार विकास समिति अन्तर्गत इजाजत लिएर साँढे ५ सय व्यवसायीले कारोबार गर्दै आएका छन् । त्यस्तै बजारमा दैनिक औसत ६ सय टन तरकारीको कारोबार हुँदै आएको छ ।

प्रकाशित मिति ः २०७३ साउन ९

वि.सं.२०७३ साउन १० सोमवार ०६:२६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...