back
NMB ad

अबदेखि घरजग्गा कर घट्यो, घरको मूल्यांकन दर पनि फेरियो !

Kumari bank ad

काठमाण्डौं । महानगरपालिकाले चालु आर्थिक वर्ष २०७३÷०७४ देखि लागू हुने गरी घरजग्गा कर घटाएको छ। सेवाग्राहीले करको रकम बढी भएको गुनासो गर्न थालेपछि महानगरपालिकाले कर घटाएको हो।

यसअघि मूल सडक अन्तर्गत ३ आनासम्म ३ हजार र त्यो भन्दा बढीलाई प्रतिआना १ हजार ५ सय रुपैयाँ तिर्नु पर्थ्यो। तर अब भने यस्तो मूल सडक अन्र्तगत प्रतिआना १ हजार र एक रोपनीभन्दा धेरै भएमा २० हजार भन्दा बढी तिर्नु पर्दैन।

त्यस्तै सहायक पिच सडक अन्तर्गत यसअघि ३ आनासम्मलाई ३ हजार र त्यो भन्दा बढीलाई एक हजार रुपैयाँ लिने व्यवस्था थियो। तर अब भने प्रतिआना ८ सय र एक रोपनी माथिलाई १५ हजार रुपैयाँभन्दा बढी दस्तुर नलिने भएको छ।

त्यस्तै, बाटो प्रमाणित भएको कच्ची बाटोमा रहेको ३ आनासम्मको घरजग्गामा प्रतिआना २ हजार र त्यो भन्दा बढीमा प्रतिआना ८ सय रुपैयाँ कायम थियो। तर अब भने यस्तो घरजग्गामा प्रतिआना ५ सय र एक रोपनी माथिको हकमा १० हजार रुपैयाँ मात्रै कर लाग्ने भएको छ।

गोरेटो बाटो प्रमाणीत भएको तर बाटो भएको वा नभएको दुवैलाई ३ आनासम्म १ हजार र त्यसन्दा बढीलाई प्रतिआना ८ सय रुपैयाँ लिने गरिन्थ्यो। अब भने यसमा कमी आउँदै प्रतिआना ३ सय र १ रोपनी बढीमा ७ हजार कर लाग्ने भएको छ ।

गत २०७२ फागुन १ गतेबाट लागू भएको घरको मूल्याङ्कन दरलाई पनि महानगरपालिकाले परिवर्तन गरेको छ। साना घरधनीलाई मर्का परेको भन्दै महानगरपालिकाले दरमा परिवर्तन गरेको हो।

गत फागुनमा गरिएको संसोधनका कारण ठूला करदाताको तीन गुणासम्म कर घट्न गएको थियो भने मझौलाको हकमा तीन गुणासम्म वृद्धि भएको थियो।

१० साउन २०७३, ११।००

वि.सं.२०७३ साउन १० सोमवार ११:३५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...