back
NMB ad

के ओलीको काम र गरिमाको महत्व बुझ्न ८/१० वर्ष पर्खिनु पर्ला ?

Kumari bank ad

आखिर तमाम अनुमान र आशंका बाबजुद प्रधानमन्त्री ओलीले राजीनामा दिएर बाटो खुला गरिदिए।हल्लाहरु थिए, ओली एलिटहरुको नेता हुन्, उनलाई बिस्थापित दरबारियाहरुको सहयोग छ, सेनाको पनि साथ छ, त्यसैले उनले सत्ता छोड्दैनन्, संसद विघटन गर्छन वा यो संबिधानलार्इ लत्याएर सेना दरबारिया, नव एलिट र उनको पार्टीको एक तप्का तथा स्थिरता बिकास देशप्रेम गर्ने पढे लेखेका मध्यम बर्गिय युवाहरुको एउटा जमातको समर्थनमा उनी सत्तामा टाँसिरहने छन् ।

त्यतिमात्र हैन, उनीमाथि आरोप लाग्यो कि प्रतिगामी र दरबारिया तत्वहरुले ओलीको काधमा बन्दुक राखेर यो संबिधानलाई निस्तेज पार्दै लग्नेछन् र अन्तत प्रतिगामी राजको पुनर्स्थापना गर्न ओलीलाइ उपयोग गर्नेछन् ।

तर यी तमाम अनुमान र हल्लाहरुको बिपरित बर्तमान संबिधानको धारा २९८ को सरकार गठनको द्विअर्थी धारालार्इ सच्याउन बाधा अड्काउ फुकाउन मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति महोदया समक्ष सिफारिस गर्दै उनले राजीनामा दिएर अनुमाने तथाकथित बुद्धिजीवीहरु र बिपक्षीहरुलाई मुहतोड् जवाफ दिए।

राजीनामा दिएर आएपछि संसदको रोष्ट्रममा उभिएर उनले दिएको मन्तव्य निकै रोचक भावनात्मक र धेरैको मन छुने थियोे । उनले दिएको मन्तव्यमा जनता देश संबिधान र बिकास समृद्धि प्रतिको उनको अनुराग प्रष्ट झल्किन्थ्यो। कुनै आग्रह पुर्बाग्रह दिमागमा नराखी भन्ने हो भने यो अत्यन्तै जटिल तथा कठिन घडीमा ओलीको परिक्षा भएको थियोे र धेरै हदसम्म उनी सफल पनि भए ।

जलिरहेको मधेस भारतको नाकाबन्दी अनिश्चितता अभाव र हाहाकारको बिचमा गठन भएको ओलि सरकार भारतसँग रत्तिभर नझुकी चिनसित नेपालको दुरगामी महत्वका नेपालको हित हुने सन्धी सम्झौता गर्दै सकारात्मक ढंगले अघि बड्यो । जसलाई आम नेपालीले उच्च संमान गरेका छन् र गरिरहने छ्न् । नाकामा अबरोध सिर्जना गर्दै बन्द हड्तालले आक्रान्त मधेसलाई बिस्तारै नाका
बाट हटाएर काठमाडौतर्फ मोड्न पनि उनी सफल भए । भारतीय नाकाबन्दी खुल्यो र जनजीवन सामन्यतर्फ फर्किन थाल्यो ।

यो साधारण कुरा थिएन। ओलीले उनको कार्यकालमा बिकास र समृद्धिका अनेकन सपना बाँडे । अरु मुलुकले जस्तै हामीले पनि बिकास र समृद्धि हाँसिल गर्नसक्छौ भनेर निराश र मनोबल खस्केका नेपालीहरुको मनोबल ह्वात्तै उठाए । यो चानचुने कुरा थिएन । कतिपयले हावादारी कुरा भनेर पनि उडाए। तत्कालका लागी हावादारी जस्ता लाग्ने कुराहरु आखिर हुनै नस्क्ने असंभब त थिएनन् ।

अर्को कुरा ओली प्रधानमन्त्री भएर एमाले पार्टिलाइ धेरै माथी उठाए । बिगतमा एमाले पार्टी कुनै अडान नभएको दोग्ला चरित्रको, लिङ्ग नखुलेको, नपुंसक भन्ने गम्भीर आरोप लाग्दथ्यो । ओलीले यसलाई बदलेर राष्ट्रिय अडान भएको आफुले बनाएको संबिधानप्रति प्रतिबद्ध बिकास र समृद्धी चाहने पार्टीको रूपमा एमालेलाई स्थापित गर्नसके । यसबाट उनको लोकप्रियता र बढ्दो छबिबाट आत्तिएर उनकै पार्टीका शिर्ष नेताहरूले होच्याउने अपमानित गर्नेसम्मका अनेक प्रयत्न पनि गरे । तर उनको अगाडि तिनीहरु धेरै पुड्का भैसकेका थिए।

ओलिको नकारात्मक पाटोको चिरफार गर्नुपर्दा तस्करी र कालो बजारीलाइ नियन्त्रणमा लिन उनी पुर्ण रूपमा असफल रहे । भुकम्प पीडित जनताको घर आवासको पुननिर्माणमा सक्रियता देखाउन नसक्दा भुकम्प पीडित जनताको कन्तबिजोग भयो । उनले आफ्नो कोलिसन पार्ट्नर माओवादीलाई बिश्वासमा लिन सकेनन् । एमालेभित्रैबाट बिगतका मुद्धा उछालेर माओवादीलाई सिध्याउने काम गरियो र माओवादीलाई काखमा राखेर गलामा सेर्ने काम गरियो भन्ने माओवादी बृत्तको आरोप छ।

अर्को मधेस र मधेसी जनताप्रती ओली अत्यन्तै अनुदार भए । मधेसी मोर्चा मधेसी जनताप्रति खिसिट्यौडी गर्ने होच्याउने काम गर्दा उनीहरुलाइ संबिधानको राष्ट्रिय मुलधारमा ल्याउन उनी असफल भए। मधेस र मधेसी जनतालाई कुनैन कुनै रुपमा सहमतिमा नल्याई सुखैछैन।जुन ओलिबाट हुनसकेन।

आदिबासी जनजाती जनतापनि ओलीसित रुष्ट छन् । कारण उनको तिनीहरु प्रतिको बैरभाव र तीखो कटाक्षले हो। समग्रमा राष्ट्रिय स्वभिमानलाइ माथी उठाए।खस्किएको जनताको मनोबल बडाए।भारतशीत पौठेजोरी खेली खेली कुनै अबान्छित लेनदेन बिनानै नाका खोल्न बाध्य पारे।

चिनसित नेपालको कायापलट हुने दुर्गामी महत्वका अत्यन्त महत्वपूर्ण सन्धि सम्झौता गरे र अन्तत आफ्नै कोलिसन पार्ट्नर माओबादिले अबिश्वास गरेपछि सहजै सत्ता छोडिदिए र एउटा राज्नेताको रूपमा आफुलाइ स्थापित गराउन सके । उनले गरेका यी तमाम सकारात्मक र दुरगामी कामको महत्व ओज र गरिमाको मुल्यांकन आठ/दस बर्षपछि अझ मुखरर भएर प्रकट हुनेछ।

१० साउन २०७३, २।००

वि.सं.२०७३ साउन १० सोमवार १३:५७ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...