back
NMB ad

सेयरमा लगानि गर्नेले यो साता थाहा पाउनुपर्ने तथ्यहरु

Kumari bank ad

काठमाण्डौं । यस हप्ताका विश्व अर्थतन्त्र सम्बन्धि सार्वजनिक हुन गईरहेका महत्वपूर्ण जानकारीहरु निम्न प्रकार रहेका छन्
सोमबारः साताको पहिलो कारोबार दिन दिउँसो १ः४५ बजे, ईन्ष्टिच्यूट फर इकोनोमिक रिसर्चले जर्मन आई.एफ.ओ बिजनेस क्लाईमेट रिपोर्ट सार्वजनिक गर्दैछ । यो मासिक रिपोर्ट जर्मनीका ७००० वटा व्यवसायहरुले गर्ने सर्वेक्षण हो जसले आगामी ६ महिनाका लागि व्यावसायिक स्थिति तथा अपक्षाबारे मूल्याङ्कन गर्नेछन् ।

मङ्गलबारः साँझ ७ः४५ बजे सि.बि. कन्जुमर कन्फिडेन्स नामक रिपोर्ट कन्फरेन्स बोर्डले प्रकाशित गर्नेछ । अमेरिकी उपभोक्ताहरुले गर्ने खर्चको एक प्रमुख सूचकका रुपमा रहेको यो मासिक रिपोर्टलाई पनि कारोबारीले गहिरो ध्यान दिएका हुन्छन् ।

बुधबारः एफ.ओ.एम.सि. स्टेटमेन्ट र फेडेरल रिजर्भ रेट रिपोर्ट बुधबार ११ः४५ मा जारी हुनेछ । फेडेरल रिजर्भको ब्याज दर ०.५ प्रतिशत मै रहने अनुमान गरिए तापनि यस विवरणबाट भविष्यमा हुनसक्ने घट्बढको आँकलन गर्नका लागि यस रिपोर्टलाई महत्व दिइने गरिन्छ । ईनर्जी इन्फरमेसन एड्मिनिस्ट्रेसन (ई.आई.ए.)ले यसै राती ८ः१५ बजे साप्ताहिक कच्चा तेल भन्डारण स्थिति पनि सार्वजनिक गर्नेछ । ईराकी आपूर्तिमा भएको वृद्धिका कारण तेलको मूल्य घटेको बेला यी रिपोर्टले बजारलाई कुन मोड दिने हो, हेर्न रोचक हुनेछ ।

बिहिबारः श्रम विभागले बिहिबार राती नेपाली समय अनुसार ६ः१५ मा साप्ताहिक बेरोजगारी तथ्याङ्क प्रकाशित गर्नेछ ।
शुक्रबारः बैंक अफ जापानले नेपाली समय अनुसार राती ८ः४५ मा जापानी मौदि«क नीति र आउटलुक रिर्पोट प्रकाशित गर्नेछ । ब्यूरो अफ इकोनोमिक एनालाइसिस्ले साँझ ६ः१५ मा कुल ग्राह्यस्थ उत्पादनको रिर्पोट प्रकाशित गर्ने छ । यो रिर्पोट आर्थिक गतिबिधिहरुको एक प्रमुख सूचक हो । त्यसैगरी सिकागो पि.एम.आई. र रिभाइज्द यु.ओ.एम. कन्जुमर सेन्टिमेन्ट क्रमशः साँझ ७ः३० र ७ः४५ मा सार्वजनिक हुनेछन् ।

हप्तैभरी यिनै रिपोर्टहरुले नेपाली र अन्तर्राष्ट्रिय कमोडिटी बजारलाई सक्रिय राख्ने देखिन्छ ।

लिबर्टी शाक्य

प्रकाशितः २०७३ साउन १०

वि.सं.२०७३ साउन १० सोमवार १५:३० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...