back
NMB ad

भारतले लगायो आलुमा कर, नेपालमा सिधा असर !

Kumari bank ad

काठमाडौं । लगातारको बर्षाले आलु खेती प्रभावित भएपछि भारतले आलुमा कर बढाउँदै निर्यात शुल्क बढाएको छ । यसको सिधा असर नेपाली बजारमा परेको छ भने यसले हिजोबाट आलुका भाउ बढाएकोछ ।

यो महिना मात्रै भारतीय बजारमा आलुको खुद्रा मूल्य प्रति किलो सात रुपैयाँसम्म वढेको छ । आलु महँगिन थालेपछि मूल्य वढाउनु परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

भारत सरकारले आन्तरिक बजारमा आलुको माग वढेको भन्दै त्यसको निर्यातलाई निरुत्साहित गर्न न्युनतम निर्यात मूल्य (एमइपि) लगाउने निर्णय गरेको छ । विदेश ब्यापार महानिर्देशनालयले हिजो मंगलबारबाट निर्यातमा शुल्क लगाएको हो । अब एक टन आलु निर्यातमा ३६० डलर एमइपि लाग्ने छ । एमइपि लगाउनुको उद्देश्य भारतीय बजारमा आपुर्ति बढाउनु हो ।

यसको सिधा असर नेपाली बजारमा पर्ने भएकोछ । नेपालले आन्तरिक खपतका लागि भारतबाटै आलु आयात गर्ने गरेको छ । स्थानीय उत्पादनले अपुग हुने आलु भारतबाट आउने भएकाले अब एमइपि लागू भएपछि नेपालमा पनि मूल्य बढ्ने भएको हो । २०१५ फरवरीमा आलुको भाउ निकै घटेपछि भारत सरकारले यस्तो शुल्क हटाएको थियो ।

अब भारतबाट नेपाल निर्यात हुने आलुको मूल्य न्युनतम ३८ हजार ७८७ रुपैयाँ प्रति टन पुगेको छ । यसमा यातायात तथा व्यवसायीको नाफा राखिएको छैन ।

१२ साउन २०७३, १०।००

वि.सं.२०७३ साउन १२ बुधवार ११:०४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...