back
NMB ad

अमेरिकाको पर्यटनदूतमा घनप्रसाद दवाडी नियुक्त

Kumari bank ad

काठमाडौ । नेपाल सरकारले संयुक्त राज्य अमेरिकाको सान्फ्रान्सिस्को तथा पश्चिम क्षेत्रको लागि पर्यटनदूतमा गोर्खा जिल्ला घर भै हाल अमेरिकाको सन्फ्रान्सिस्को क्यालिफोर्निया बस्ने घनप्रसाद दवाडी लाई नियुक्त गरेको छ । पर्यटन मन्त्रालयको सिफारिसमा नेपाल पर्यटन बोर्डले दवाडीलाई आउँदो दुई वर्षका लागि पर्यटनदूत नियुक्त गरेको हो ।

विगत पच्चीस वर्ष देखी पर्यटन व्यबसायमा संलग्न प्रतिष्ठित पर्यटन व्यवसायी तथा अमेरिकामा समाजसेवीको रुपमा चर्चित दवाडीलाई संयुक्त राज्य अमेरिकाको सान्फ्रान्सिस्को तथा पश्चिम क्षेत्रको लागि नेपाल पर्यटन बोर्डले पर्यटनदूत नियुक्त गरेको हो ।

आफूलाई २ वर्षको लागि नियुक्त गरि नेपालको पर्यटन विस्तार तथा प्रबद्र्धन गर्ने अवसर दिएकोमा दवाडीले पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र नेपाल सरकार प्रति आभार व्यक्त गरेका छन् । साथै नेपाल सरकारले दिएको जिम्मेवारी पुरा गर्न आफु संधै तत्पर रहने उनको भनाई छ ।

लामो समयदेखि अमेरिकामा व्यवसाय गर्दै आएका दवाडीले अमेरिकाबाट नेपाल आउने पर्यटकको संख्या बढाउने र अमेरिकाका उत्तर पूर्बी राज्यहरुमा नेपाल संबन्धित प्रचारात्मक गतिविधि विस्तार गर्ने जिम्मेवारी पाएका छन् । दवाडीले नेपाल पर्यटन बोर्डको लोगो प्रयोग गर्दै अमेरिकामा नेपालको पर्यटन प्रवद्र्धनको गतिविधि सञ्चालन गर्नेछन् । यसैबीच वाणिज्यदूत ऋषी ढकाल लगायत अमेरिका र नेपालका विभिन्न संघ संस्थाले पर्यटनदूतमा नियुक्त दवाडीलाई बधाई दिएका छन् ।

प्रकाशित मिति ः २०७३ साउन १२

वि.सं.२०७३ साउन १२ बुधवार १८:४० मा प्रकाशित

You can share this post!

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...