काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा ८१ कर्मचारीका लागि रोजगारीको आवेदन खुल्ला भएको छ ।
चार देखि सात तहसम्मका लागि बैंकले आवेदन खुल्ला गरेको हो ।
चार तहमा ६३ जना, पाँचौ तहमा ११ जना, छैटौं तहमा ६ जना र सातौं तहमा १ जना कर्मचारी मागेको हो । विराटनगर, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी क्षेत्रीय कार्यालय अन्तरगर्तका शाखामा काम गर्नुपर्ने सर्त सहित कर्मचारी भर्ना गर्न लागिएको छ ।
सातौं तहमा आवेदन दिन कानूनमा स्नातकोत्तर गरेको हुनुपर्ने छ भने चारौं तहमा आवेदन दिन व्यवस्थापनमा स्नातक गरेको हुनुपर्छ । इच्छुक व्यक्तिले आजको दिनबाट १५ दिन भित्रमा आवेदन दिन पाउने छन् । उक्त आवेदन फाराम यस बैंकको प्रधान कार्यालय, मानभवनश्रोत व्यवस्थापन विभागमा बुझाउन पर्ने छ ।
प्रकाशितः २०७३ साउन १३
वि.सं.२०७३ साउन १३ बिहीवार १०:४३ मा प्रकाशित