back
mega bank Ad
Hero Ad

सवारी साधन कारबाहीबाट रु ३० लाख राजस्व उठ्यो

सल्यान । आव २०७२।०७३ मा १० हजारभन्दा बढी सवारीसाधनका धनीमाथि कारबाही गर्दा करिब रु ३० लाख राजस्व सङ्कलन गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार सवारी नियम उल्लङ्घन गर्ने १० हजार छ सय ३१ सवारी साधन कारबाहीमा परेका हुन् । गतभन्दा अघिल्लो वर्षको तुलनामा गत वर्ष दोब्बरले राजस्व बढेको ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक चन्द्र केसीले जानकारी दिनुभयो । “चालक अनुमतिपत्र र ब्ल्यु बुक नबोक्ने, मापसे गरेर गाडी चलाउने, छतमा यात्रु राख्ने जस्ता ट्राफिक नियम विपरीतका कार्य गर्नेलाई हामीले कारबाही गरेका हौँ ”, केसीले भन्नुभयो ।

आव २०७१।०७२ मा सवारी साधनको कारबाहीबाट रु १४ लाख ७१ हजार पाँच सय मात्र राजस्व सङ्कलन भएको थियो । सवारी साधनको चाप बढ्नु, ट्राफिक जाँचलाई कडाइ गरिनु जस्ता कारणले राजस्व सङ्कलनमा वृद्धि भएको उहाँको भनाइ छ । सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् ।
प्रकाशितः २०७३ साउन १५

वि.सं.२०७३ साउन १५ शनिवार १३:०७ मा प्रकाशित

You can share this post!

नेपालगन्जमा एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न

नेपालगन्जमा एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न

वि.सं.२०७९ कात्तिक २७ आइतवार २०:३१

काठमाडौं । एस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक...

नेपालमा  ह्वाजी मिनी इभी पाँच रंगमा उपलब्ध हुने, कति पर्छ मूल्य ?

नेपालमा ह्वाजी मिनी इभी पाँच रंगमा उपलब्ध हुने, कति पर्छ मूल्य ?

वि.सं.२०७९ कात्तिक २५ शुक्रवार १८:३७

काठमाडौँ । चीनमा उत्पादित  विद्युतीय सवारी  ह्वाजी मिनी इभी अब...

बढ्दो ब्याजदर र आयात प्रतिबन्धले बन्द हुन थाले सवारी साधन बिक्रीका शो रुम

बढ्दो ब्याजदर र आयात प्रतिबन्धले बन्द हुन थाले सवारी साधन बिक्रीका शो रुम

वि.सं.२०७९ कात्तिक २४ बिहीवार १६:१८

काठमाडौं । सरकारले वैदेशिक मुद्राको सञ्चिति जोगाउन सवारी साधनको आयातमा...

इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ‘इ ११ एल’ सार्वजनिक, यस्ता छन् फिचर

इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ‘इ ११ एल’ सार्वजनिक, यस्ता छन् फिचर

वि.सं.२०७९ कात्तिक २३ बुधवार १३:५४

काठमाडौं । सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप...

आज २३ कात्तिक २०७९, बुधबार, यस्तो छ आज तपाईंका राशिफल

आज २३ कात्तिक २०७९, बुधबार, यस्तो छ आज तपाईंका राशिफल

वि.सं.२०७९ कात्तिक २३ बुधवार ०६:३५

आजको पात्रो : २३ कात्तिक २०७९, बुधबार । तद्नुसार नोभेम्बर...

आइएमईद्वारा एक सयभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री

आइएमईद्वारा एक सयभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री

वि.सं.२०७९ कात्तिक २१ सोमवार १२:४५

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकले चाडपर्वमा एक सयभन्दा...