back
NMB ad

ओलम्पिकमा भाग लिन आज रियो जाँदैछन् नेपाली टोली

Kumari bank ad

 काठमाडौं । ३१ औं गृष्मकालीन ओलम्पिकमा भाग लिन नेपाली टोली आज ब्राजिलको रियो प्रस्थान गर्दैछ। नेपालबाट यस संस्करणको ओलम्पिकमा ५ खेलका ७ खेलाडीले सहभागिता जनाउँदैछन्।

नेपाली खेलाडीहरु दुई चरणमा रियो प्रस्थान गर्नेछन्। जसअन्तर्गत आज जुडो, पौडी र आर्चरी टोली रियो जानेछ। जुडोकी फुपुल्हामु खत्रीले ९ अगस्टमा प्रतिस्पर्धा गर्नेछिन्। उनले महिला ६३ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन्। त्यसैगरि आर्चरीका जितबहादुर मोक्तानले व्यक्तिगत रिकर्भतर्फ ७० मिटरमा प्रतिस्पर्धा गर्नेछन्। पौडीतर्फ ७ अगष्टमा महिलाको एक सय मिटर ब्याकस्ट्रोकमा गौरिका सिंहले प्रतिस्पर्धा गर्ने छिन्।

लण्डनमा रहेकी गौरिका उतैबाट ब्राजिलको रियो जाने कार्यक्रम रहेको छ। पुरुष पौडी खेलाडी शिरिष गुरुङले १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पधा गर्ने छन्। उनको प्रतिस्पर्धा ९ अगष्टमा हुने छ। एथ्लेटिक्स र तेक्वान्दोका टोली भने अगस्ट ७ मा त्यसतर्फ प्रस्थान गर्नेछ। तेक्वान्दोकी निशा रावलले २० अगस्टमा ६७ केजी भन्दा बढी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्।

एथलेटिक्ककी सरस्वती भट्टराईले १५ सय मिटरमा १२ अगष्टमा प्रतिस्पर्धा गर्नेछिन्। पुरुष एथलेटिक्स खेलाडी हरिकुमार रिमालले ५ हजार मिटर दौडतर्फ भाग लिनेछन्। उनको प्रतिस्पर्धा १७ अगष्टमा हुनेछ। नेपाली टिमका सेफ दी मिसनका रुपमा रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट र सुजनलाल श्रेष्ठ भने शनिबार राति नै रियोतर्फ प्रस्थान गरेका छन्।

१६ साउन २०७३, ११।३०

वि.सं.२०७३ साउन १६ आइतवार १७:१६ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...